फाल्गुन १ गते, २०७५ बुधवार 13th February, 2019 Wed१०:०६:२२ मा प्रकाशित
कुनै समय विश्वकै सबभन्दा धनी व्यक्तिमध्येका एक गुजमानले सिनालोआ नामक लागु औषध कारोबारीको सञ्जालको अगुवाइ गर्थे।
उक्त सञ्जाल अमेरिकामा लागु औषध तस्कर गर्ने सबभन्दा ठूलो आपूर्तिकर्ता रह्यो। जेलबाट सुरुङ खनेर भागेका उनलाई सन् २०१६ को जनवरीमा फेरि पक्राउ गरिएको थियो। र, उनलाई अमेरिका सुपुर्दगी गरियो।
नोभेम्बरमा सुरु भएको उनीविरुद्धको मुद्दामा गुजमानले कसरी आफ्ना मान्छे खटाएर हजारौँ हत्या, हमला, अपहरण तथा विरोधीविरुद्ध यातनाको सिलसिला मच्चाए भन्ने वर्णन गरिएको थियो।
शुक्रवार खुलाइएको अदालतका कागजपत्रमा उनीमाथि १३ वर्ष सम्मका कम उमेरका किशोरीहरूलाई नशामा लठ्ठ पारेर बलात्कार गरेका आरोप समेत लगाइएका छन्।
के भयो पछिल्लो सुनुवाइमा ?
मेक्सिकोका कुख्यात लागु औषध तस्कर ह्वाकिन एल च्यापो गुजमानलाई दशवटा विभिन्न आरोपमा न्यूयोर्कको ज्युरीले दोषी ठहर गरिदिएको छ।
ती आरोपहरूमा कोकेन तथा हिरोइन जस्ता नशालु पदार्थको वितरण, अवैध हतियारको स्वामित्व तथा सम्पत्ति शुद्धिकरण रहेका छन्। योसँगै अब उनलाई आजीवन कारावासको सजाय हुने ठानिएको छ।
गुजमानकी पत्नी एम्मा कोरोनेल सुनुवाइमा उपस्थित थिइन्। अमेरिकाको न्यूयोर्कमा भइरहेको सुनुवाइका क्रममा ज्युरीले एकमतले सो फैसला गरेको थियो।
सुनुवाइका बेला गाढा रङ्गका सुट ज्याकेट र टाइ लगाएर उपस्थित गुजमानले फैसलाप्रति कुनै भाव प्रदर्शित नगरेको सीबीएस समाचार संस्थाले जनाएको छ।
अदालतबाट बाहिर निक्लने क्रममा उनले आफ्ना वकिलसँग हात मिलाए अनि आफ्नी पत्नी २९ वर्षीय पूर्व सुन्दरी एम्मा कोरोनेललाई बुढी औँला उज्याएर अभिवादन गरे।
को हुन् उनी ?
सन् १९५७ मा किसान परिवारमा जन्मिएका गुजमान सुरुमा गाँजा तथा अफिम खेतीमा कामदारको रूपमा काम गर्थे।
त्यसपछि उनले तिनताका ुगडफादरु समेत भनिने ग्वादालाहारा गुटका तस्कर नाइके मिगुएल एञ्जल फेलिक्स गाल्यार्दोको सहयोगी भएर काम गरे। त्यसपछि तस्करीको दुनियाँमा उनी तीव्र गतिले उदाए।
सन् १९८० को दशकको अन्तिमतिर उनले मेक्सिकोको उत्तर पश्चिम क्षेत्रमा सिनालोआ कार्टेल वा गुट खडा गरे । समयक्रममा उक्त गुट अमेरिकामा तस्कर गर्ने सबभन्दा ठूलोमध्येको संगठित समूह बन्यो। सन् २००९ मा एक अर्ब डलरको सम्पत्ति सहित विश्वकै सबभन्दा धनीमध्ये ७०१ औँ नम्बरमा पर्दै फोर्ब्स पत्रिकामा गुजमानको नाम आयो।
होचो कदका कारण एल च्यापो अर्थात पुड्के उपनाम पाएका गुजमानलाई प्रतिद्वन्द्वी समूहले सन् १९९३ मा गरेको हत्या प्रयासमा उनी बल्ल बल्ल जोगिए। त्यसपछि उनलाई मेक्सिकोका अधिकारीहरूले पक्राउ गरे र २० वर्ष जेल हाले।
कसरी उनी दुईपटक जेलबाट भागे ?
गुजमान सन् २००१ मा पहिलोपटक जेलबाट भागेका थिए। सिनालोआमा उनको नाम अंकित क्याप पाइन्छन्।
अत्यन्त सुरक्षित मानिने पोन्टे ग्रान्डे जेलबाट उनी लुगा राख्ने बाकसमा लुकेर भागेको बताइन्छ।
त्यसमा उनलाई भ्रष्ट जेल अधिकारीहरूले सघाएका थिए। १३ वर्षसम्म उनले सबैलाई छक्याउँदै आफ्नो ुसाम्राज्यु विस्तारमा लागिपरे। दोस्रो पटक उनी सन् २०१४ को फेब्रुअरीमा समातिए। मध्ये मेक्सिकोस्थित एल्टिप्लानो जेलमा उनी राखिए।
तर सन् २०१५ को जुलाईमा उनी फेरि जेलबाट भागे।
सुरुङबाट उनी कसरी भागे ?
यसपटक उनले डेढ किलोमिटर लामो सुरुङबाट भागेका थिए। सो सुरुङ जेलबाहिरबाट सिधै उनी बस्ने जेलको कोठामुनि जोडिएको थियो। त्यसरी उनलाई भगाउन निकै मिहेनत र योजना गरिएको पाइयो।
सो सुरुङ जेल नजिकैको एक निर्माणस्थलबाट सुरु भएको थियो। सुरुङमा हावा आउजाउ गर्न तथा प्रकाशको समेत व्यवस्था गरिएको थियो। तर यसपटक उनी लामो समय स्वतन्त्र रहन सकेनन्। पाँच महिनापछि उनलाई पुनस् समातियो।
एक वर्षपछि उनलाई अमेरिका सुपुर्दगी गरियो जहाँ उनी विभिन्न मुद्दा खेपिरहेका छन्। कैयौँ कुख्यात तस्कर सक्रिय रहेको मेक्सिकोमा समेत गुजमानलाई उनले प्रयोग गर्ने हिंसाका कारण निकै डरलाग्दो मानिन्थ्यो।
तर उनको गृहराज्यमा भने कतिपयले उनलाई एक किसिमको नायकको रूपमा समेत हेर्छन्। बीबीसी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: