Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

सिडियोबाटै महिला पत्रकार अर्यालमाथि दुव्यवहार, प्रेस सेन्टरद्धारा कारबाहीको माग

नुवाकोट। नेपाल पत्रकार महासंघ नुवाकोटकी उपाध्यक्ष रुपा अर्याललाई नुवाकोटका प्रमुख कार्यकक्षमै भएको दुव्यवहारप्रति प्रेस सेन्टर नेपाल नुवाकोटले आपत्ती जनाउँदै दोशी सिडयोलाई कारबाहीको माग गरेको छ । गएको मंगलवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले समाचार संकलनका लागि पुगेकी पत्रकार अर्याललाई गरेको हस्तक्षेप र दुव्र्यवहारप्रति हिजो प्रेस सेन्टर नेपाल नुवाकोटले एक विज्ञप्ती प्रकाशीत गर्दै विरोध जनाएको हो । प्रेस सेन्टर नेपाल नुवाकोटकी सह सचिब र मिक्स एफ एमका स्टेशन म्यानेजरसमेत रहेकी अर्याललाई सिडियो थापाले अनुमतिबिना फोटो खिच्न र समाचार संकलन गर्न नपाइने भन्दै हस्तक्षेप गर्नुका साथै मोबाइल तथा क्यामेरा खोसेर फुटाइदिने प्रयास समेत गरेका थिए । यसका साथै थापाले विगतमा आफू पनि पत्रकार रहेको, प्रेस काउन्सिलमा जागिरे भएको भन्दै मुद्धा चलाइदिने धम्की दिएका थिए भने कार्यकक्षमा प्रहरी बोलाएर धरपकड गर्ने शैलिमा पक्राउ गर्न खोज्नुका साथै बाहिर निकालेर अमानविय व्यवहार गरेका थिए । प्रेस सेन्टर नेपाल नुवाकोटका अध्यक्ष रामहरि गजुरेलले एक प्रेस विज्ञप्ती जारी गर्दै आम नागरिकका साथै पत्रकारहरुको सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने, संरक्षण र बढ्दो असुरक्षा चुनौतिकाबीच सञ्चार कर्ममा क्रियाशील सञ्चारकर्मीहरुको सुरक्षा गर्नुपर्ने जिम्मेवारी बोकेर बसेका राज्यका निकाय र तिनका प्रमुख एवं प्रशासक नै पत्रकारहरुमाथी हस्तक्षेपमा उत्रनु गम्भिर चिन्ताको विषय बनेको उल्लेख गरेका छन् । ‘सार्वजनिक चासो र नागरिक सरोकारका विषयलाई सञ्चार माध्याममा प्रकाशन, प्रशारण र रिपोर्टिङ गर्न पाउने अधिकारलाई राज्यको प्रचलित कानुन र संविधानले त अंकुश लगाउन सक्दैन भने, कार्यान्वयनको जिम्मेवारीमा रहेका कर्मचारीबाटै गरिने यस्ता दुश्प्रयास कानुनी अधिकारकै खिलाफमा रहेको प्रेस सेन्टरको दाबी छ । ‘पत्रकार अर्याल र अरु पत्रकारहरुको व्यक्तिगत विषय मात्रै नभएर यो सिंगो स्वतन्त्र पत्रकारिता क्षेत्रमाथीकै हस्तक्षेप हो भन्ने हाम्रो निश्कर्ष छ । आफ्नो जिम्मेवारी एवं पदिय विशिष्ट संवेदनशीलतालाई भुलेर भविष्यमा यस्तो व्यवहार नदोहो¥याउन सिडियो थापालाई सचेत गराउन चाहान्छौँ’, अध्यक्ष गजुरेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ । पत्रकारिता सम्बन्धि नयाँ मुलुकी ऐनको अपब्याख्या गर्दै सिडियो थापाले सार्वजनिक स्थलमा हुने गतिविधिहरुको रिपोर्टिङ र सुचना पाउने कानुनी अधिकारलाईसमेत संकुचित, कुण्ठित गर्ने काम भएको सेन्टरको ठहर छ । आफ्नो जिम्मेवारी एवं पदिय विशिष्ट संवेदनशीलतालाई भुलेर भविष्यमा यस्तो व्यवहार नदोहो¥याउन सिडियो थापालाई सचेत गराइएको छ । सरकार र सम्बन्धित निकायसँग पत्रकार अर्यालको सुरक्षाको जोडदार माग गर्दै प्रेस सेन्टरले यस घटनाको छानबिन गरी दोशी प्रमुख जिल्ला अधिकारी (सिडियो) थापालाई कारबाहीको मागसमेत गरेको छ । माघ २९ गते दिउँसो २ः३० बजेको समयमा माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत आयोजना प्रशारण लाइन विस्तारको क्रममा प्रभावित क्षेत्रका मुआब्जाबाट बञ्चित प्रभावितहरु प्रशासन कार्यालयमा सुचना माग्न आउँदा विगतदेखि नै नदिने र सिडियो थापाले थर्काउने गरेका थिए । जसका कारण प्रभावित नागरिकले पत्रकारहरुलाई सहयोगका लागि अनुरोध गरेपछि उपाध्यक्ष अर्याल समाचार संकलनका लागि त्यहाँ पुगेकी थिएन् । सोही क्रममा सुचना नदिएको उक्त विषयलाई लिएर उहाँले तस्वीरका साथै सिडियो थापासँग उनकै कार्यकक्षमा वास्तविक जानकारी लिन खोज्दा यस्तो दुव्र्यबहार गरेका थिए । सिडियो थापाले भने आफूले पत्रकार भन्ने नचिनेका कारण यस्तो हुन पुगेको प्रतिक्रिया दिएका छन् । यस घटनाको विरोध गर्दै यसअघि नै नेपाल पत्रकार महासंघ ३ नं. प्रदेश र महासंघ नुवाकोट शाखाले विज्ञप्ती जारी गरेको थियो । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"230271,230272\"]
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending