Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

साउदी युवराजलाई पाकिस्तानमा भब्य स्वागत, पाहुँनालाई पहिलोपटक प्रधानमन्त्री निवासमा राखिदै

पाकिस्तान। वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि आइतबार एउटा भब्य स्वागत गरेको छ । एमबीएस भनेर चिनिने मोहम्मद बिन सलमानले आफ्नो पाकिस्तान भ्रमणको शिलशिलामा वर्तमान् इमरान खान सरकारलाई अर्बौं डलरको सहयोगको प्रतिवद्धता जनाउने अनुमान गरिएको छ । उनले एसियाका पाँच देशको भ्रमणमध्ये पाकिस्तान पहिलो गन्तव्य ठानिएको थियो तर मलेशिया र इण्डोनेशियाको भ्रमण अहिलेका लागि पछि धकेलिएको छ । साउदी शाही भ्रमणलाई पाकिस्तानमा पछिल्लोपटक यति नै धुमधामसँग सन् २००६ मा लिइएको थियो जब साउदी शासक राजा अब्दुल्लाह बिन अब्दुलाजिजले परमाणु अस्त्र देशको भ्रमण गरेका थिए । इमरान खानले व्यक्तिगत रुपमै व्यवस्थापनको ख्याल गरिरहेको बताइएको छ । भारतले कश्मिरमा सुरक्षा फौजमाथिको घातक हमलामा पाकिस्तानलाई दोष लगाएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएका बेला युवराज बिन सलमानको भ्रमण हुन लागेको हो । यसले पाकिस्तानमाथि आतङ्कवादको आरोप लागेका समय ठूलो सहयोगको महशुुुस भएको छ । १ हजार शक्तिशाली प्रतिनिधिका लागि इस्लामावादमा सयौं पाँचतारे कोठाहरू अग्रिम रुपमै बुक गरिएका थिए । दुई दिने भ्रमणमा साउदी युवराज प्रधानमन्त्रीको निवासमा बस्नेछन् । यसरी प्रधानमन्त्री निवासमै यसअघि कुनै पनि अन्य देशका अतिथिलाई राखिएको थिएन । केन्द्रिय बैंकसँग विदेशी मुद्रा सञ्चय अन्तर्गत जम्मा ८ अर्ब डलर मात्रै रहेको छ र भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको छ । गत अगष्टमा शपथ लिएयता पूर्व क्रिकेटर इमरान खानले मित्र राष्ट्रहरूसँग सहयोगका लागि आक्रामक प्रयासहरू गरिरहेका छन् ताकि पाकिस्तानको अर्थतन्त्रलाई जोगाउन सकियोस् । उहाँले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग निकै कडा सर्तसहित सहायता खोजिरहेका छन्। आबुदावीका युवराज मोहम्मद विन जायद अल नयानको भ्रमण लगत्तै युवराज मोहम्मद बिन सलमानको भ्रमण हुन लागेको हो । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies