Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

शिक्षक दरवन्दी नहुँदा समस्या

बागलुङ । गुणस्तर बढाएपछि एकीकरण हुनबाट जोगिएको यहाँको एक विद्यालय शिक्षक दरबन्दी नहुँदा समस्यामा छ । गलकोट नगरपालिका–७ स्थित प्रगति आधारभूत विद्यालयमा दुई शिक्षकको मात्र दरबन्दी छ । दश शिक्षकले स्थानीय स्रोतबाट तलब खान्छन् । दरबन्दी अभावमा ठूलो आर्थिक भार विद्यालय र अभिभावकमाथि छ । बाल विकास केन्द्रका सहयोगीसमेत स्थानीय स्रोतबाट राखिएको छ । शिक्षकको तलबमा मात्र मासिक रु। एक लाखभन्दा बढी खर्च हुन्छ । अभिभावकको सहयोग, अक्षयकोषको ब्याज र ऋणधनमा खर्च धानिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताए । विद्यालयले आर्थिक अभाव टार्न अभिभावबाट मासिक सहयोग रकम लिने गरिएको छ । ‘आर्थिक रुपमा विद्यालय समस्यामा छ’ अध्यक्ष थापाले भने, ‘दरबन्दी थपिएमा हामीलाई राहत हुने थियो ।’ पटक–पटक शिक्षक माग गरिए पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको उनको गुनासो छ । नगरपालिकाले छिट्टै शिक्षक व्यवस्थापन गर्ने आश्वासन दिएको छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा कूल १२३ जना विद्यार्थी अध्ययनरत् छन् । जसमध्ये १९ जना बाल विकास केन्द्रमा छन् । सबै कक्षामा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको प्रधानाध्यापक नगेन्द्र मल्लले बताए । ‘अभिभावककै चाहनाअनुसार अङ्ग्रेजी माध्यम शुरु गरेका हौँ’ उनले भने, ‘अहिले गुणस्तरमा सुधार आएको छ, विद्यार्थी पनि आकर्षित छन् ।’ प्रअ मल्ल र शिक्षक कृष्ण गौतम मात्र आधारभूत तहको दरबन्दीमा कार्यरत छन् । विद्यार्थी सङ्ख्या न्यून भएपछि विसं २०६८ मा उक्त विद्यालय एकीकरणको सूचीमा परेको थियो । विद्यालयको दिगो व्यवस्थापन र गुणस्तर सुधारमा गाउँले एकजुट भएर लागेपछि विद्यालय जोगिएको हो । विसं २०४७ मा खुलेको विद्यालयमा अभिभावक र स्थानीयवासीको चन्दाबाट रु २२ लाखको अक्षयकोषसमेत खडा गरिएको छ । विद्यालयको अतिरिक्त आम्दानीको स्रोत भने केही छैन । शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार र गुणस्तर सुधारमा राज्यले सहयोग गर्नुपर्ने विद्यालयको माग छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy