काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड दिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सरकारले स्टार्टअप र नवप्रवर्द्धनका लागि इकोसिष्टमको विकास गरी उद्यमशील वातावरण सिर्जना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रबन्ध मिलाएको उपप्रधानमन्त्री पौडेलको दाबी थियो ।
आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुँच बिस्तार गर्न आवश्यक एवं अपरिहार्य भएको उल्लेख गर्दै उनले त्यसका लागि पर्याप्त धितो राख्न नसक्ने गरिव तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानीमा वचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलब्धिहरु प्राप्त हुँदै आएको समेत बताए ।
उपप्रधानमन्त्री पौडेलले वित्तीय क्षेत्रको विकासका लागि वित्तिय पहुँच अभिवृद्धि,नवीन वित्तीय उपकरणको प्रयोग,वचत तथा कर्जा विस्तार, वित्तिय सुशासनका लागि प्रभावकारी नियमनजस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी बताए । उनले भने, ‘नवीन सोच तथा प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तिय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुने कुरामा म जोड दिन चाहन्छु । यस मान्यता अनुरुप सरकारले स्टार्ट अप र नवप्रवर्द्धनका लागि इकोसिष्टमको विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रवन्ध मिलाएको छ । यसै वर्षको बजेटमार्फत एक अर्बको नेपाल स्टार्ट अप कोषको स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।’
उपप्रधानमन्त्री पौडेलले वचतकर्ताको बचतलाई उत्पादन वृद्धिका लागि उपयोग गर्ने कुरामा पनि सरकार योजनावद्ध ढंगले लागि परेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८२ - २१:०३
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस परेडका लागि गरेको भ्रमणपछि बेइजिङले बिहीबार रूसी सेनासँग ‘व्याव...
जेष्ठ २ गते, २०८२ - २०:५८
म्याग्दी । म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न थालिएको छ । धवलागिरि गाउँपालिका– १ गुर्जा, वडा नं– ४ मुदी र रघुगंगा गाउँपालिका– ७, चिम...
जेष्ठ २ गते, २०८२ - २०:४९
जेरुसेलम । इजरायली रक्षा बल (आइडिएफ) ले बुधबार साँझ चेतावनी जारी गर्दै इजरायली आक्रमणअघि गाजा सहरको पश्चिममा रहेको अल–रिमल वरपरका क्षेत्र तत्काल खाली ...
जेष्ठ २ गते, २०८२ - २०:३१
झापा । हुरीले घर भत्काउँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबा...
जेष्ठ २ गते, २०८२ - २०:२६
काठमाडाैं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन् । प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेतको पद निलम्...
जेष्ठ २ गते, २०८२ - २०:२२
काठमाडाैं । नेपाल आयल निगम लिमिटेडले बिहिबार रातीबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टितेल ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ । मूल्य घटा...
जेष्ठ २ गते, २०८२ - २०:१९
जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ गाडगुडेनीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । कर्णाली राजमार्गअन्तर्गत तिलाको गाडगुडेनीमा क...
जेष्ठ २ गते, २०८२ - २०:१७
धनकुटा । धनकुटा नगरपालिका–८, शिवबेँसीका ६८ वर्षीय मंगलसिंह राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहीबार दिउँसो ३ बजेतिर घरनजिकैको खेतमा धान गोड्ने क्...
जेष्ठ २ गते, २०८२ - २०:१४
क्यानबेरा । करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (...
जेष्ठ २ गते, २०८२ - २०:१०
दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यदि प्रगति भयो भने उनि अझै पनि तीन वर्षभन्दा बढी युद्धको अन्त्य गर्ने उद्देश्यले गरिने पहिलो प्रत्य...
प्रतिकृया लेख्नुहोस्: