Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

यसरी भइन् सफल उद्यमी महिला तुलसा

दाङ। तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढा मगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकी छिन् । डेढ दशकदेखि सो पेशामा लाग्नु भएकी उनले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक रु सात लाख बचत गर्न सफल भएकी छिन्। शुरुका वर्षमा गङ्गामाला च्याउ समूह खोलेर शुरुवात गरेकी उनले अहिले आफ्नै च्याउ प्रशोधन केन्द्र सञ्चालन गरेकी छिन् । करिब १४ वर्ष स्वयंसेविका भई सेवा गरेकी उनी जिल्ला भ्रमणमा गएको बेलामा चितवनमा गरेको च्याउखेती देखेपछि आफू यो खेतीतर्फ आकर्षित भएको बताउछिन् । विसं २०६० मा आफूले पहिलो पटक गाउँका ११ महिलालाई आवद्ध गराएर गङ्गामाला च्याउ समूह गठन गरे। गाउँको एक कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको र तीन वर्षसम्म समूहबाट भएको आम्दानीले गाउँमा एक कठ्ठा जमीन किनेर आफ्नै श्रमदान र लगानीले पक्की घर बनाएर अहिले पनि समूहमा आवद्ध महिला त्यहीँ च्याउखेती गरी रहेको आफ्नो विगत उनले सुनाइन् । उनले भनिन्, \'अहिले भने आफूले आफनै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु, जिल्लामा हुने प्राय सबै ठाउँमा च्याउखेतीको बारेमा तालीम दिन प्रशिक्षक भएर जाने गरेकी छु ।\' रु तीन लाख रुपैँयाबाट आफ्नो निजी च्याउ उद्योगको शुरुवात गरेको बताउने उनले अहिले झण्डै रु एक करोड मूल्यबराबरको लगानी गरेर पक्की घर तथा च्याउखेतीका लागि आवश्यकपर्ने सामग्री जोड्न समेत सफल भएकी छिन् । त्यसैगरी उनलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ । तुलसाले जिल्ला तथा केन्द्रीयस्तरका पुरुस्कार समेत प्राप्त गरिसकेकी छिन् । यसपटक पनि उनलाई तुलसीपुर उपमहानगरपालिले केही महीना अगाडि उत्कृष्ट महिला उद्यमीका रुपमा पुरुस्कृत गरेको थियो । कृषि विकास कार्यालय र लघुउद्यम कार्यालयले पनि उनलाई सहयोग गदै आएको छ । अहिले उनले उत्पादन गर्ने ताजा च्याउ, च्याउको अचार, सुकुटी दाङ तथा जिल्ला बाहिरका ठूलाठूला शहरमा जाने गरेको छ । उनको अबको चाहाना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने रहेको छ । अहिले उनले ताजा च्याउ प्रतिकिलो रु १८० देखि रु २०० सम्म, सुकुटी गराएको च्याउ प्रतिकेजी रु २५० देखि रु २८० सम्म र अचार प्रतिकिलो चारसय रु ५०० मा बिक्री गदै आएकी छिन् । कडा परिश्रम पनि गर्न नपर्ने, स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउखेती यहाँ लोकप्रिय छ । उनी भन्छिन्,“धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जानेगर्नुे हुन्छ त्यो भन्दा आफनै गाउँ ठाउँमा थोरै लगानीमा यस्ता आयआर्जन मुलक व्यवसाय गरे यही आत्मनिर्भर हुन सकिन्छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy