Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

प्रहरीको सेवा प्रवाह शुद्ध र सुन्दर हुनुपर्ने प्रहरी महानिरीक्षक खनालको जोड

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नवनिर्मित प्रहरी कार्यालय भवन सँगसँगै प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा पनि मन, वचन र कर्मले शुद्ध र सुन्दर हुनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन तथा राष्ट्रिय वाणिज्य बैंकको नवनिर्मित एटिएमको उदघाटन तथा नवनिर्माण हुने अडिटोरियम हलको शिलान्यासका अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन, नवनिर्मित एटिएमको उदघाटन गरे । साथै उनले नवनिर्माण हुने अडिटोरियम हलको शिलान्यास तथा पूजाअर्चना समेत गरे । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले नयाँ प्रशासनिक भवन अगाडि नवनिर्मित बगैँचामा वृक्षारोपण गर्नुका साथै नवनिर्मित प्रशासनिक भवनको निरीक्षण समेत गरे । समारोहमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्तका साथै सुरक्षित हुनुपर्ने चर्चा गर्दै प्रहरी प्रधान कार्यालय बाहिर निर्माण हुने भवनहरुलाई समेत प्रेरित गर्न सक्ने हुनुपर्नेमा जोड दिए । नवनिर्मित भवनको भरपुर उपयोग हुनुपर्ने र यसले अपनत्व तथा भाइचारा विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । बहुआयामिक दृष्टिकोणले निर्माण हुन लागेको अडिटोरियम हल तोकिएकै समयमा गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्नेतर्फ निर्माण टोलीलाई अझै सजग रहन आग्रह गर्दै प्रहरी महानिरीक्षक खनालले बहुआयामिक हलको अभाव पूर्ति गर्न हलले सहयोग पुर्या उने चर्चा गरे । एटिएम राख्न राष्ट्रिय वाणिज्य वैंकको सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरीको क्षमता विकास, प्रहरीलाई आधुनिक एवं प्रविधियुक्त बनाउने सन्दर्भमा वैंकको सदैव सहयोग मिल्ने अपेक्षा राखिएको उनले उल्लेख गरे । समारोहमा धन्यवाद व्यक्त गर्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भौतिक पूर्वाधारको अभावमा पनि प्रहरी युनिटहरुले सेवा प्रदान गर्दै आएको सन्दर्भमा नवनिर्मित भवन पश्चारत थप उर्जा प्राप्त हुनुका साथै प्रहरी सेवामा नविन सोचका साथ उच्चस्तरीय सेवा प्रवाह हुने विश्वा्स व्यक्त गरे। प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई। लोकेशचन्द्र सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै नवनिर्मित भवन, पश्चिम गेट एवम् आगन्तुक कक्षको निर्माण सम्बन्धी प्रतिवेदन तथा अडिटोरियम हलको बारेमा जानकारी दिए। प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवम् व्यवस्थित बनाउनुका साथै सुरक्षित सेवा प्रवाह गर्ने हेतुले थप भौतिक पूर्वाधारहरु निर्माण गरिएको हो । सेवाग्राही तथा आगन्तुकको लागि सुविधा सम्पन्न आगन्तुक कक्ष, पश्चिम गेटमा Motorized Gate, Electric Bollard/ Barrierका साथै बैंक एटिएम समेत राखिएको छ । नवनिर्मित प्रशासनिक भवनमा हाल अपराध अनुसन्धान एवम् कार्य विभाग र मानवश्रोत एवम् प्रशासन विभागका साथै सूचना प्रविधि निर्देशनालय समेतबाट कार्य संचालन भइरहेको छ । नेपाल सरकारको नियमित बजेट र शान्ति तथा पुननिर्माण मन्त्रालयको सहयोगमा कूल २२ करोड ५४ लाख २१ हजार ३ सय २४ रुपैयाँ ५९ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको सो अवसरमा जानकारी दिइयो । साथै कुल २३ हजार ७ सय २५ बर्गफिटमा बेसमेन्ट सहित निर्माण हुने २ तले अडिटोरियम हलमा भिभिआइपी लन्ज सहितको मुख्य हल, कन्फेरेन्स तथा मिटिङ हल रहने सो समारोहमा जानकारी दिइयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत एवम् वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending