झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमारास्थित जालिम मियाको घर पछाडि लुकाइछिपाइ राखिएको १०४ कार्टुन (करिब २ हजार ८० केजी) चाइनिज फुजि स्याउ बरामद गरेको हो।
उक्त स्याउ नेपालबाट अवैध रूपमा भारततर्फ लैजान तयारी अवस्थामा लुकाइछिपाइ राखेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त टोलीले छापा मारेर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्याउको अनुमानित बजार मूल्य ८ लाख ४० हजार रुपैयाँ रहेको जनाइएको छ। बरामद गरिएको स्याउ आवश्यक प्रक्रिया पूरा गरी भन्सार बुझाउने प्रहरीले जनाएको छ। संयुक्त प्रहरी टोलीले स्याउ बरामद गरेसँगै तस्करको योजना विफल भएको छ।
भद्रपुर नाकाबाट चाइनिज फर्सीको बिउँ तस्करी हुने गरेको घटना सेलाउन नपाउँदै झापा गाउँपालिकामा स्याउ तस्करीको अर्को घटना बाहिर आएकोले पछिल्लो समयमा जिल्लाका सीमा नाकाहरूबाट तस्करी गतिविधि मौलाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: