Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

उपप्रमुख शाहलाई मेयर रेणु दाहालकाे प्रश्न - घरभित्रको समस्या सडकमा फलाकेर यो तपाईंको के तमासा हो ?


भरतपुर । भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले उपप्रमुख पार्वती शाह ठकुरीलाई घर भित्रको समस्या बाहिर लिकालेर तमासा गरेको आरोप लगाएको छिन्

मंगलबार काठमाडौंमा उपप्रमुख ठकुरीले पत्रकार सम्मेलनको आयोजना गरेर १२ बुँदामा आरोप सार्वजनिक गरेपछि बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रमुख दाहालले उपप्रमुख ठकुरीबाट लगाइएका सबै आरोप प्रमाणित गर्न चुनौती दिएकी हुन् ।

यस भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले काठमाडौंमा पत्रकार सम्मेलन गरी समग्र भरतपुर महानगरपालिका र त्यसको प्रमुख ममाथि कपोलकल्पित आरोप लगाउनु भएको घटनाले मलाई दुःखी बनाएको छ’ महानगर प्रमुख दाहालले भनिन्, ‘उहाँले भनेजस्तो के–के कुरामा अनियमितता भएका हुन् रु तथ्यपरक ढंगले प्रमाणित गर्न चुनौती दिन्छु । उहाँले लगाएका सबै आरोप फगत आरोपका लागि आरोपमात्र हुन् । म उहाँलाई आरोपका लागि आरोप लगाएर समय फाल्नुभन्दा महानगरको समृद्धि र विकासका लागि काम गर्न अनुरोध गर्दछु ।’

उपप्रमुख ठकुरीले कर्मचारी परिचालनको कुरा गर्नु गलत भएको प्रमुख दाहालको भनाइ छ । ‘महानगरका कर्मचारी प्रमुख वा उपप्रमुखका निजी कर्मचारी होइनन् । नेपाल सरकारका कर्मचारी हुन् । उनीहरु आआफ्नो जिम्मेवारीमा खटिएका छन्’ उनले भनिन्, ‘म भरतपुर महानगरको प्रमुख भएर आइसकेपछि मैले कुनै पनि कर्मचारीलाई भेदभाव गरेको छैन । म उपप्रमुलाई चुनौतीका साथ भन्न चाहन्छु, तपाइँले सक्नुहुन्छ भने एक जनामात्र कर्मचारी मेरो अगाडि उभ्याइदिनुहोस्, जसलाई मैले विभेद गरेको होस् ।’

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी आवश्यक समितिहरु गठन गरिएको प्रमुख दाहालले बताइन् । ‘मलाई महानगरमा कुनै राजनीति गर्नु छैन । म राजनीति गर्नको लागि आएको पनि होइन’ उनले भनिन्, ‘मेरो एकमात्र उद्देश्य भनेको भरतपुर महानगरको वृहत्तर विकास गरी समृद्ध महानगर बनाउनुमात्र हो । सबै पक्षसँग सहमति र सहकार्यमा अगाडि बढ्नुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ ।’

‘उपप्रमुखलाई पदीय मर्यादा कायम गर्दै आफ्नो जिम्मेवारी पूरा गर्न मैले आवश्यक समन्वय गरिरहेकै छु’ उनले भनिन्, ‘यति गर्दागर्दै पनि उहाँ झिनामसिना कुराहरु, व्यक्तिगत लाभहानिका कुराहरु गर्दै हिँड्ने, कार्यपालिका बैठक बहिष्कार गर्ने, पदीय जिम्मेवारीभन्दा बाहिर गएर महानगरकै विरुद्धमा कपोलकल्पित र भ्रमपूर्ण विषयहरु उठाएर पत्रकार सम्मेलन गर्दै हिँड्ने उहाँको व्यवहारले मलाई आजित तुल्याएको छ ।’

उपप्रमुख ठकुरीलाई प्रश्न गर्दै प्रमुख दाहालले भनिन्, ‘के यसरी समस्याको समाधान हुन्छ ?के हामीले लिएको लक्ष्य यसरी हासिल गर्न सकिन्छ रु उहाँले कार्यालयमा नबस्ने, जनताका गुनासाहरु सम्बोधन नगर्ने, पदीय जिम्मेवारीको ख्याल नगर्ने काम तत्काल बन्द गर्नु पर्छ ।’ संवाद र छलफलबाट हरेक समस्याको समाधान गर्न सकिने बताउँदै प्रमुख दाहालले भनिन्, ‘समस्याहरु समाधानसहित आएका हुन्छन् । मैले उहाँलाई तमाम समस्याको समाधान गर्न आउनुहोस् छलफल गरौं भनेर पटकपटक भनेकी छु । यसको उल्टो उहाँ बैठकमा नबस्ने, बाहिर अनर्गल हल्ला गर्दै हिँड्ने गरिरहनु भएको छ । के यो समस्याको समाधान हो ?’

सामाजिक सञ्जालमार्फत् आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै उपप्रमुख ठकुरीले पत्रकारसामु उठाएको विषयबारे महानगर प्रमुख दाहालले भनिन्, ‘उपप्रमुखलाई सामाजिक सञ्जालमार्फत् धम्की आएको कुरा सुनेपछि मैले जिल्लाका सुरक्षा प्रमुखहरु, सरोकारवालाहरुलाई यो गम्भीर विषयको तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको थिएँ । त्यसपछि उपप्रमुखलाई धम्की दिने व्यक्ति समातिए । उपप्रमुखकै रोहवरमा जिल्ला प्रहरी कार्यालयमा छलफलपश्चात दोषीलाई एकपटकको लागि माफी दिने उहाँ आफैले सहमति जनाएपछि विषय टुंगिएको छ । यसरी सहमतिमा टुंगिइसकेको विषयलाई उहाँले खेती गर्दै हिँडिरहनु भएको छ । यही हो उहाँको नैतिकता ?’

असमझदारीका विषयहरुलाई बसेर छलफलबाट समझदारी कायम गर्न सकिने बताउँदै प्रमुख दाहालले भनिन्, ‘म उहाँलाई पुनः आह्वान गर्छु, तपाइँले लगाएका सारा आरोपहरु तथ्यपरक ढंगले प्रमाणित गरेर देखाउनु होस् । होइन भने समस्याहरुको समाधान खोज्ने कार्यपालिका बैठक बहिष्कार गर्ने अनि बाहिरबाहिरै अनर्गल प्रचार गर्ने तरिका कुनै पनि हिसाबले ठीक हुन सक्दैन । घरभित्रको समस्या सडकमा फलाकेर तमासा गर्दा समग्र महानगरकै बदनामी भइरहेको छ ।’

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy