Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

भारतबाट अवैध कुखुरा आयातले बाँकेमा बर्डफ्लुको जोखिम बढ्यो

खबरडबली संवाददाता

नेपालगन्ज। सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको सरोकारवालाले बताएका छन्।

नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भारतबाट लुकीछिपी भित्रिने कुखुरा, चल्ला तथा अन्य पक्षीजन्य वस्तुका कारण बाँकेमा बर्डफ्लु फैलिने जोखिम अत्यधिक बढेको बताए।

उनले कुखुरा, चल्ला र अण्डाको अवैध आयात पूर्ण रूपमा रोक्नुपर्ने माग गर्दै मुख्य सीमा नाकासँगै खुला नाकामा समेत निगरानी कडा बनाउन आग्रह गरे।

श्रेष्ठले भने, “मुख्य नाकासँगै खुला सीमा क्षेत्रमा कडाइ गरिएन र जिल्लामा आवश्यक सचेतना अपनाइएन भने बर्डफ्लु भित्रिन धेरै समय लाग्ने छैन। त्यसबाट ठुलो क्षति हुन सक्छ।”

नेपालगन्जका नागरिक अगुवा हेमन्तराज काफ्लेले भारतका विभिन्न स्थान र नेपालका ११ जिल्लामा बर्डफ्लु देखिइसकेको अवस्थामा बाँकेमा पनि जोखिम बढेकाले सम्बन्धित निकायले विशेष सतर्कता अपनाउनुपर्ने बताए।

यता, बाँकेका कुखुरापालक किसान तथा व्यवसायीले पनि अवैध आयात जारी रहे बर्डफ्लु भित्रिने र त्यसबाट मानव स्वास्थ्यसँगै कुखुरापालन व्यवसायमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका छन्।

जिल्लाकै ठुलो कुखुरा फार्ममध्ये एक रजा ग्रुपका सञ्चालक मुख्तार राईले भारतबाट हुने अवैध कुखुरा आयात रोक्न नसके बर्डफ्लु भित्रिने जोखिम बढ्ने बताए।

“बर्डफ्लु भित्रियो भने मानव स्वास्थ्यमा असर पर्नुका साथै करोडौँ रुपियाँ लगानी भएको कुखुरापालन व्यवसायसमेत धराशायी हुन सक्छ,” उनले भने।

कादरी पोल्ट्री फार्मका सञ्चालक मुनिजर खानले पनि बर्डफ्लु नियन्त्रणका लागि भारतबाट हुने कुखुराको अवैध आयात रोक्नु अपरिहार्य भएको बताए।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मुख्य सीमा नाकामा खटिएका सुरक्षा निकाय र क्वारेन्टाइन कार्यालयलाई कुखुरा तथा गुणस्तरहीन माछाको अवैध आयात रोक्न कडा निर्देशन दिइएको जानकारी दिए।

उनले बर्डफ्लुको जोखिम बढ्दै गएकाले सीमा क्षेत्रमा निगरानी र नियन्त्रणलाई अझ प्रभावकारी बनाइएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

म्याग्दीमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...

रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

डे ब्रुएनाको गोलमा बेल्जियम न्युजिल्यान्डविरुद्ध ३–० ले अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...

सार्वजनिक बिदामा पनि खुल्ने मोदी गाउँपालिका कार्यालय

पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...

भारतबाट अवैध कुखुरा आयातले बाँकेमा बर्डफ्लुको जोखिम बढ्यो

नेपालगन्ज। सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको स...

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending