Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे...

काठमाडौँ। दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्योदय । आजको सूर्योदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे ।

नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरीर त्यहाँ राखिएको थियो । अकल्पनीय दुःखद् घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीसहित सातजनालाई अन्तिम श्रद्धाञ्जलि दिन आएका आफन्तजन तथा शुभेच्छुक शोकले डुबेँ । नेपाली सेनाको एक टुकडिको शोकधुनसँगै हजारौँले पार्थिव शरीरमा पुष्पार्पण गरिरहहे।

सिर्जनशील, ऊर्जावान् एवं सबैको भरोसाका केन्द्रका रुपमा रहेका मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको बुधबार हेलिकप्टर दुर्घटनामा परी अकालमा अकल्पनीय रुपमा निधन भएको थियो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा सो दिन ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री अधिकारीसहित सातैजनाको पार्थिक शरीरमा पुष्पार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिन् । यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनले मन्त्री अधिकारीसहित सातैजनाको पार्थिव शरीरमा पुष्पार्पण गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जलि अर्पण गरे। प्रधानमन्त्री ओलीका साथमा उनका धर्मपत्नी राधिका शाक्यले पनि मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा पुष्पार्पण गर्दै श्रद्धाञ्जलि दिए।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको राष्ट्रिय झण्डा ओढाएका थिए । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ उहाँको जन्मस्थान पोखरामा अन्त्येष्टि गरिने कार्यक्रम छ ।

सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापासहित मन्त्रिपरिषद्का अन्य सदस्यले मन्त्री अधिकारीसहित सातैजनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेल मन्त्री अधिकारीसहित सातैजनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे ।

यसैगरी नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नरायणकाजी श्रेष्ठ, नेता जनार्दन शर्मा प्रभावकारलगायत पार्टीका शीर्ष नेता, कार्यकर्ता, शुभेच्छुकले पनि श्रद्धाञ्जलि दिएका थिए ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता अर्जुननरसिंह केसी पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयाजक डा बाबुराम भट्टराई, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, सांसद, मुख्य सचिव, सुरक्षा निकायमा प्रमुख, यहाँस्थित कूटनीतिक निकायका प्रमुख, कर्मचारी, उद्योगी, सञ्चारकर्मीलगायतले पनि श्रद्धाञ्जलि अर्पण गरेका थिए।

दुर्घटनामा निधन भएका सबैको शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको थियो ।

शव परीक्षणमा जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार ढिलाइ भएपछि आज बिहान ८ बजेका लागि तय भएको थियो । श्रद्धाञ्जलि कार्यक्रम सकिनेबित्तिकै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलिका लागि कास्कीको पोखरा लगिने र अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिने गृहमन्त्रालयले जनाएको छ ।

नयाँ पुस्ताका अग्रणी नेता देशले गुमायो

भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेपछि विभिन्न दलका शीर्ष नेताले स्व अधिकारीका योगदानका बारेमा यसरी स्मरण गरे । काङ्ग्रेसका वरिष्ठ नेता पौडेलले युवापुस्ताका भरोसायोग्य एवं अन्यन्त प्रतिभाशाली नेताका रुपमा स्व रवीन्द्र अधिकारी हुनुहुन्थ्यो भन्दै उनको अकल्पनीय दुःखद् अवसानले देशले ठूलो क्षति व्यहोर्नुपरेको बताए । उनले भने, “अगामी दिनमा यस्ता हवाई दुर्घटना नदोहोरिन दिन सरकारले विशेष ध्यान दिनुपर्छ ।”

नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले आर्थिक समृद्धि यसरी हासिल गर्न सकिन्छ भन्ने रु चिन्तकका रुपमा स्व अधिकारी हुनुहुन्थ्यो भन्दै नयाँ पुस्ता अग्रणी नेतालाई देशले गुमाएको बताए । उनले भने, “अब स्व अधिकारी जस्तो नेता जन्माउन देशले धेरै समय खर्चिनुपर्छ ।”

नेकपाका नेता एवं पूर्र्वप्रधानमन्त्री झलनाथ खनालले स्व अधिकारी अत्यन्त प्रतिभाशाली, प्रखर वक्ता कुशल सङ्गठनकर्ता हुनुहुन्थ्यो भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending