विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन्। उनले अब नेतृत्व चयनमा आफूले कसैलाई जिताउने वा हराउने भूमिका नखेल्ने स्पष्ट पार्दै पार्टीलाई लोकतान्त्रिक ढंगले पुनर्गठन गर्ने प्रतिबद्धता व्यक्त गरे।
शुक्रबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई तल्लो तहदेखि केन्द्रसम्म निर्वाचित नेतृत्वका आधारमा पुनर्संरचना गरिने बताए। विगतका रणनीतिक कमजोरी सच्याउँदै नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने समय आएको उनको भनाइ थियो।
आफ्नो राजनीतिक यात्रामा अझै एउटा निर्णायक ‘क्रमभंग’ बाँकी रहेको उल्लेख गर्दै उनले राजनीतिबाट विश्राम लिने कुनै योजना नरहेको बताए। समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन फेरि एकपटक निर्णायक राजनीतिक पहल गर्ने संकेतसमेत उनले गरे।
प्रचण्डले नेकपा कुनै बाह्य शक्ति वा आर्थिक सहयोगबाट नभई कार्यकर्ताको त्याग, संघर्ष, रगत र पसिनाले बनेको पार्टी भएको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ संकेत गर्दै उनले छोटो समयमै त्यसको वास्तविक चरित्र जनतासामु छर्लङ्ग भएको टिप्पणी गरे।
राजनीतिक समीकरणबारे बोल्दै उनले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको सम्भावना नरहे पनि संसद्, सडक र आगामी निर्वाचनमा सहकार्य हुन सक्ने बताए। समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छिट्टै एकता प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै उनले मुद्दाका आधारमा नेपाली कांग्रेस र मधेशवादी दलहरूसँग पनि सहकार्य सम्भव रहेको धारणा राखे।
यसैबीच, प्रचण्ड र नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विराटनगरस्थित कोइराला निवासमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। करिब ४५ मिनेट चलेको भेटमा समसामयिक राजनीति, संसद्को भूमिका, प्रमुख दलबीचको सहकार्य, कांग्रेसको आन्तरिक अवस्था तथा राष्ट्रिय सरोकारका विषयमा छलफल भएको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २२:११
सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...
आषाढ़ १२ गते, २०८३ - २२:०९
काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...
आषाढ़ १२ गते, २०८३ - २१:५६
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो



प्रतिकृया लेख्नुहोस्: