फागुन । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले एक हजार २०० लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ ।
प्रहरीले पछिल्लो १० महीनामा उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरिएका बालबालिका १२ देखि १८ वर्ष समूहका छन् ।
पक्राउ गरिएका बालबालिकामध्ये नौ जनालाई सुधारगृहमा र बाँकीलाई अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । पुनः लागुऔषध प्रयोग गरेको पाइए अभिभावकलाई पनि कारवाही गर्ने चेतावनी दिदैं प्रहरीले बालबालिकालाई सम्झाएर पठाउने गरेको छ ।
प्रहरीले पछिल्लो दश महीनामा लागुऔषध ओसार–पसारमा संलग्न दुई महिला गरी ४२ जनामाथि मुद्दा चलाएको छ । ओसार–पसारमा संलग्न तीन वटा समूहलाई पक्राउ गरिएको छ । प्रहरीले सो अवधिमा ६८ ग्राम खैरो हिरोइन, ५९९ ट्याबलेट नाइट्रोभेट, ९८ ट्याबलेट स्पाम, १२० ट्याबलेट एबिल, ३५ हजार २०० ट्याबलेट ट्रमाडोल नामक लागुऔषध बरामद गरेको पनि छ ।
प्रहरीले लागुऔषधमा कडाइ गरेपछि मङ्सिर महीनाबाट एक–दुई जना मात्र प्रयोगकर्ता पक्राउ परेका छन् । माघ र फागुनमा एक÷एक जना मात्र पक्राउ परेको प्रहरीले जनाएको छ । ‘१० महीनाअघि टीकापुर क्षेत्रमा लागुऔषध व्यापक रुपमा थियो । मङ्सिरदेखि कमी आएको छ,’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख नायब उपरीक्षक शिवहादुर सिंहले भने, ‘लागुऔषध यहाँको मुख्य समस्या थियो, सम्झाएर हुनेलाई सम्झायौँ, नमान्नेलाई मुद्दा चलायौँ ।’
स्थानीय राजनीतिक दल र विद्यालयको सहयोगमा प्रहरीले नियन्त्रण गर्न सफल भएको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ । ‘प्रत्येक विद्यालयमा गएर लागुऔषध विरुद्धको अभियान चलायौँ र भारतीय नाकामा कडाइ गर्यौ,’ उनले भने, ‘लागुऔषध नियन्त्रणमा कमी आएपछि अपराधका घटना पनि कम भएका छन् ।’
प्रहरीले यस क्षेत्रमा विद्यालय र विभिन्न क्लब तथा समुदायमा गरी २०० वटा लागुऔषध विरुद्धको अभियान सञ्चालन गरिसकेको छ । यस वर्ष प्रहरीले टीकापुर क्षेत्रमा शिवरात्रिको दिन भाङ बिक्री र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएपछि स्थानीयवासी खुशी छन् । ‘प्रहरीले लागुपदार्थ नियन्त्रणमा देखाएको सक्रियता हामी सबै राजनीतिक दल र स्थानीयवासी खुशी छौँ,’ समाजसेवी भुवनेश्वर अधिकारीले भने, ‘प्रहरी र जनता मिलेपछि शान्तिसुरक्षा कायम गर्न सजिलो हुँदोेरहेछ ।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: