काठमाडौँ। महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार साँझ आफ्नो सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी भइन् ।
संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्तरूपमा स्वागत समारोह आयोजना गरेको हो ।
समारोहमा न्यूयोर्कस्थित कूटनीतिक समुदाय, संयुक्त राष्ट्रसङ्घका पदाधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायका प्रतिनिधिको उपस्थिति थियो ।
राष्ट्रपति भण्डारी भोलि शुक्रबार अपराह्न राजधानी आइपुग्नेछिन् ।
यसैबीच महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बुधबार नै अधिवेशनमा मन्तव्य व्यक्त गर्दै लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र त्यसप्रतिको नेपालको प्रतिबद्धता प्रस्तुत गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
लैङ्गिक विभेद अन्त्यका लागि आवश्यक कानून संशोधन गरेको जानकारी दिँदै उनले दिगो विकासको लक्ष्य हासिल गर्न र महिला तथा किशोरीहरुको सशक्तीकरणका निम्ति अन्तर्राष्ट्रिय सङ्गठनहरुसँग निकट सम्पर्कमा रहेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताइन् ।
त्यसैगरी प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले बेइजिङ घोषणाको कार्यान्वयनमा शीघ्रता विषयको उच्चस्तरीय संवादमा भाग लिँदै उक्त घोषणाको अक्षरशः कार्यान्वयनमा जोड दिइन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: