काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग रोक्ने प्रतिबद्धताविपरीत काम गरिरहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले नयाँ शक्तिका रूपमा उदाएको रास्वपा सत्तामा पुगेपछि ठूलो संख्यामा सल्लाहकार र व्यक्तिगत सहायक ९पीए० नियुक्त गरेको भन्दै आलोचना गरेका हुन्।
उनले निर्वाचनका क्रममा राज्यकोषको दोहन रोक्ने, राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने तथा सुशासन कायम गर्ने प्रतिबद्धता जनतासामु प्रस्तुत गरेर मत प्राप्त गरे पनि व्यवहारमा त्यसको उल्टो भइरहेको दाबी गरेका छन्।
पोखरेलले मन्त्रालयहरूमा समानान्तर शक्तिकेन्द्र निर्माण गर्ने उद्देश्यले कार्यकर्ता भर्ती गर्ने प्रवृत्ति देखिएको आरोप लगाउँदै परिवर्तन र सुशासनको अपेक्षासहित रास्वपालाई मत दिएका नागरिक अहिले निराश बनेको हुन सक्ने टिप्पणी गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, “आम जनताको भरोसामाथिको योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन सक्छ ?”
पोखरेलले स्वेच्छाचारी शैली र व्यवहारले जनताको विश्वास कमजोर बनाउने भन्दै निर्वाचनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयनमा फर्किन रास्वपालाई आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १५:००
काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको ...
आषाढ़ १० गते, २०८३ - १४:४७
लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...
आषाढ़ १० गते, २०८३ - १४:२७
काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...
आषाढ़ १० गते, २०८३ - १४:२२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने बताएका...
आषाढ़ १० गते, २०८३ - १३:४६
काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...
आषाढ़ १० गते, २०८३ - १३:३१
काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रति...
आषाढ़ १० गते, २०८३ - १३:१६
काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...
आषाढ़ १० गते, २०८३ - १२:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...
आषाढ़ १० गते, २०८३ - १२:४१
विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...
आषाढ़ १० गते, २०८३ - १२:१८
काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...



प्रतिकृया लेख्नुहोस्: