Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

सरकारले विप्लवमाथि लगाएको प्रतिबन्धले देशलाई द्वन्द्वको बाटोतिर लान्छ

समाजवादी लेखक संघले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाउने सरकारको निर्णय गलत भएको दाबी गरेको छ । संघले प्रेस बिज्ञप्ती जारी गर्दै सरकारको राजनीतिक पार्टीमाथि लगाएको प्रतिबन्धले देशलाई द्वन्द्वको बाटोतिर लैजान सकने बताएको ।

समाजवादी लेखक संघले भनेको छ \'समाजवादी लेखक संघको स्थापना गर्दा हामीले वर्तमान सत्ताबारे निष्कर्ष निकालेका थियौं, ‘हजारौँ जनताको सहादतपछि सत्तामा पुगेको कम्युनिष्ट पार्टीको नेतृत्वसमेत समाजवादी सपनाबारे दिग्भ्रमित र दिशाहीन भएको छ । यसो हुँदा नेपाली समाज सङ्घर्षको नयाँ चरणमा धकेलिएको छ ।’ पछिल्लो समय चरणबद्ध रूपमा लिएका सरकारका निर्णय र क्रियाकलापले हाम्रो निष्कर्ष सत्यसावित हुँदै गइरहेको छ ।

त्यसको पछिल्लो कदमको रूपमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाउने निर्णय लिएको छ । शान्तिसुरक्षाको सन्दर्भ प्रशासनिक हिसाबले हल गर्न सकिने बिषय हो । तर त्यही सन्दर्भ देखाएर राजनीतिक विचारमा आधारित भएर मुद्दा उठान गरिरहेको दललाई प्रतिबन्ध लगाउने निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

समृद्ध र समतामूलक समाजका लागि सङ्घर्षरत पक्षसँग उसले उठाएका राजनीतिक विषय र मुद्दालाई संवादकै माध्यमबाट समाधान गर्नुपर्ने सहज र सही विकल्प हुँदाहुँदै प्रतिबन्धको बाटो रोज्नु सही निर्णय हुनसक्दैन । राजनीतिक पार्टीमाथिको प्रतिबन्धले देशलाई द्वन्द्वको बाटोतिर लैजान सक्छ । संविधानप्रदत्त स्वतन्त्रताको हक नै कुण्ठित हुनेगरी सरकारले गरेको यस्तो निर्णयले फरक मत र आलोचनात्मक अभिव्यक्तिप्रति सरकार असहिष्णु हुँदैगएको संकेत गर्छ । अतः तुरुन्तै यो निर्णय फिर्ता लिएर संवादबाट समाधान खोज्न समाजवादी लेखक संघ सरकारसँग जोडदार माग गर्दछ । साथै फरक मत र आलोचनात्मक अभिव्यक्ति राख्न पाउने संविधान प्रदत्त अधिकार कुण्ठित हुनेगरी गरिएका यस्ता निर्णयहरू फिर्ता गराउन सरकारलाई दवाव सिर्जना गर्न सम्पूर्ण लेखकहरूलाई आह्वान गर्दछ । \'

समाजवादी लेखक संघ
विष्णु भण्डारी
शकुन्तला जोशी
कला अनुरागी
शैलज पौडेल
केदार श्रेष्ठ

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending