Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

यसरी च्याउ खाँनुको फाइदैँ फाइदा, हेर्नुहास्

सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ।

च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको छ।

मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे।

तर अनुसन्धानकर्ताहरूले च्याउ र मस्तिष्कको कार्यबीच कुनै सोझो सम्बन्ध छ भनेर प्रमाणित गर्न भने सम्भव नभएको बताएका छन्।

न्याश्नल युनिभर्सिटी अफ सिङ्गापुरमा भएको सो अध्ययनमा ६६३ जना ६० वर्षमाथिका चिनियाँ मूलका मानिस समाविष्ट थिए। सन् २०११ देखि २०१७ सम्म उनीहरूको आहार र विहारको अध्ययन गरिएको थियो।

छ वर्षभन्दा बढी समय लगाएर गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरूले च्याउ खाँदा कग्नटिभ इम्पेअर्मन्ट (सिक्न र तर्क गर्न सक्ने क्षमतामा क्षय) हुने सम्भावना घट्ने पत्ता लगाएका थिए।

दुई चोटिभन्दा बढी च्याउ खानेमध्ये सयमा झन्डै नौ जनामा मात्र त्यस्तो समस्या भएको देखियो। तर हप्तामा एक चोटिभन्दा कम खानेमध्ये सयमा १९ जनामा त्यो समस्या भएको देखियो।

उत्साहप्रद
माइल्ड कग्नटिभ इम्पेअर्मन्ट (एमसीआई)भनिने मध्यम खालको संज्ञानात्मक क्षय हुँदा मानिसहरू बिर्सिन थाल्छन्।

यसले उनीहरूमा स्मृति एवम् भाषासम्बन्धी समस्या हुन्छ तथा उनीहरूलाई केही कुरामा ध्यान दिन वा कुनै वस्तु पत्ता लगाउन गाह्रो हुन्छ।

तर यी परिवर्तनहरू थोरै मात्रामा भएका हुन सक्छन्। डिमेन्शु अर्थात् विस्मृति भनिहाल्नेगरी यी परिवर्तनहरू गम्भीर भने हुँदैनन्।

अध्ययनमा सहभागी भएका व्यक्तिलाई उनीहरूले विभिन्न छ प्रकारका च्याउहरू (ओइस्टर, शिटाके, ह्वाइट बटन, ड्राइड, गोल्डन र टिन्ड) कति चोटि खाए भनेर सोधिएको थियो।

च्याउ खानहरूले मस्तिष्कसम्बन्धी जाँचमा राम्रो परिणाम ल्याए। उनीहरूको मानसिक प्रक्रियाको गति पनि छिटो भएको पत्ता लाग्यो।

अनि यस्तो परिणाम विशेष गरेर हप्तामा दुई चोटिभन्दा बढी अर्थात् कुल तीन सय ग्राम च्याउ खानेहरूमा पाइएको थियो।
यो अन्तरसम्बन्ध आश्चर्यजनक र उत्साहप्रद रहेको छ, सो अध्ययनको नेतृत्व गरेका सहप्राध्यापक ली फेङ भन्छन्।

सामान्य रूपमा उपलब्ध हुने एउटा तत्त्वले सङ्ज्ञानात्मक क्षयमा नाटकीय प्रभाव पार्न सक्ने देखिन्छ। तर हामी धेरै कारणहरू जस्तै चिया, हरिया सागपात, बदामजस्ता फल र माछाको मिश्रण लाभकारी हुनेबारे कुरा गर्दैछौँ ।
अनुसन्धानकर्ताहरूले च्याउ अर्गोथायोनिन नामक एन्टिअक्सिडन्ट र एन्टिइन्फ्ल्यामटरी गुण भएको तत्त्वको ठूलो स्रोत भएको इङ्गित गरेका छन्। सो तत्त्व मानिसको शरीरमा आफैँ बन्दैन।

च्याउमा भिटामिन डी, सिलिनियम र स्पर्मिडिन जस्ता महत्त्वपूर्ण पोषक तत्त्व र खनिज पदार्थ पनि हुन्छन्।

आहार र विहार
अध्ययनका लागि सहभागीहरूले आफूले कति च्याउ खाए र अरू आहार कस्तो थियो भन्ने जानकारी उपलब्ध गराएका थिए। त्यो जानकारी यथार्थ नभएको हुन पनि सक्ने अनुसन्धानकर्ताहरूले स्वीकारेका छन्।
अल्जाइमर्स सोसाइटीमा अनुसन्धान प्रमुख रहेका डा। जेम्स पिकेट भन्छन्, विस्मृति हुन धेरै कारणहरू छन्। अनि झन्डै एकतिहाइ केस चाहिँ आहार र जीवनशैलीमा परिवर्तन गरेर रोक्न सकिन्छ।

विस्मृति मृत्युका प्रमुख १० कारकमध्ये एक हो। तर मानिसहरूले त्यो जोखिम घटाउन केही गर्न सक्छन्। त्यसैले हामीले दिने परामर्श निरन्तर रूपमा धेरै अध्ययनबाट प्राप्त प्रमाणका आधारमा हुनुपर्छ। अनि एउटा अध्ययनको परिणामबाट बहकिनु हुँदैन।

त्यसैले आफ्नो आहारमा फलफूल, च्याउसहित सागपात समावेश गराउनु राम्रो भएको उनको धारणा छ।

हामीले चिनी र नुनको मात्रा घटाउनु, शारीरिक रूपमा सक्रिय रहनु, मदिरा पिउन नियन्त्रण गर्नु र धूमपान नगर्नु उत्तम हुने उनको सल्लाह छ।

सो अध्ययन जर्नल अफ अल्जाइमर्स डिजीजमा प्रकाशित भएको छ। /बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy