मोजाम्बिक । मोजाम्बिकमा आएको इडाई नामको समुद्री आँधीका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रपति फिलिपे नुसीले प्रतिघन्टा १ सय ७७ किलोमिटरको तिव्र वेगमा आएको आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा बढी क्षति पु¥याएको जनाएका छन् ।
गत बिहीबारदेखि नै मोजाम्बिकमा ठूलो वर्षासहित आएको आँधीले क्षति पु¥याउन थालेको भएपनि सहायताकर्मीहरु आइतबारमात्र त्यहाँ पुगेका थिए । उद्दारकर्मीहरु पुगेपछि सो क्षेत्रमा भएको क्षतिको विवरण बाहिर आएको छ ।
आँधीका कारण अफ्रिकाका दक्षिणी क्षेत्रमा एक सय ८० जनाको मृत्यु भएको छ । बेयराको निरीक्षणपछि राष्ट्रपति नुसीले आँधीले ‘विध्वंस’ मच्चाएको बताएका छन् ।
हवाई निरीक्षणका क्रममा बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए । अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्टले आँधीको भयानक प्रभाव परेको बताएका थिए ।
झन्डै पाँच लाख मानिस बसोवास गर्ने बेयरामा ९० प्रतिशत संरचना ध्वस्त भएको देखिएको छ । विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति नपुर्याएको एउटा घर पनि फेला पार्न नसकेको बताएका छन् ।
सहरबाहिर झनै विकराल समस्या हुनसक्ने औल्याएका छन् । धेरै ठाउँमा बिजुली र सञ्चारसम्पर्क टुटेको छ । सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ । बीबीसी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: