Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

प्रहरी प्रतिष्ठानलाई राष्ट्रपतिको निवासमा गाभ्ने अध्ययन प्रतिवेदनलाई सरकारले लुकायो- विवेकशील नेपाली

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले राष्ट्रिय प्रहरी प्रतिष्ठानको भूभागलाई राष्ट्रपतिको निवासमा गाभ्ने निर्णय गर्न आधार बनाएको राष्ट्रपति तथा उपराष्ट्रिपतिको कार्यालय तथा आवास सम्बन्धि अध्ययन प्रतिवेदन २०७५ लाई सूचनाको अधिकार सम्बन्धी ऐनको प्रावधान बमोजिम उपलब्ध गराउन अस्वीकार गरेको छ । यस विषयमा निवेदक विजय बाबु शिवाकोटी, उज्वल बहादुर थापा तथा शशी विक्रम कार्कीले आज राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गरेका छन् ।

करीव ७० वर्ष पुरानो इतिहास बोकेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको भूभागलाई राष्ट्रपति कार्यालयमा गाभ्ने सरकारको निर्णय विवादित बने पछि विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा, विजय बाबु शिवाकोटी, उज्वल बहादुर थापा, शशी विक्रम कार्की तथा लब विष्टले सूचनाको हकको निवेदन दर्ता गरी उक्त निर्णय गर्नुका कारणहरु माग गर्नु भएको थियो ।

मिति २०७५ पुष १२ गते पहिलो पटक दर्ता गरेको चिठीको जवाफमा सचिव केदार बहादुर अधिकारीको संयोजकत्वमा रहेको टोलीले राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय तथा आवास सम्बन्धी अध्ययन प्रतिवेदन २०७५ का आधारमा मन्त्रिपरिषदले उक्त निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले दिएको थियो ।

थापा सहितको टोलीले उक्त प्रतिवेदन पाऊँ भनी मिति २०७५ माघ २५ गते सूचना अधिकारीलाई अर्को छुट्टै निवेदन दिएको र निजले १५ दिन भन्दा पनि बढी समयमा पनि जवाफ नदिएकोले मिति २०७५ फाल्गुन १५ मा मन्त्रिपरिषदको कार्यालय प्रमुख लाई सम्बोधन गरी उजुरी दर्ता गरेका थिए । तर हाल सम्म पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले उक्त प्रतिवेदन उपलब्ध गराएको छैन न त त्यस सम्बन्धी कुनै पत्राचार नै गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सूचना अधिकारी तथा अन्य कर्मचारीहरुसँग फोन मार्फत् बारम्बार ताकेता गर्दा पनि अनेक वहाना बनाएको तर हालसम्म सूचना प्राप्त नभएको सूचना माग गर्ने मंध्येका एक शशि विक्रम कार्कीले बताए। सूचना पाउनु नागरिकहरुको हक भएकोले आफूहरुले यो विषयमा राष्ट्रिय सूचना आयोगमा आज पुनरावेदन दर्ता गरेको तथा आयोगले चाँडै नै यस विषयमा अन्तिम निर्णय दिने विश्वास राखेको पनि उनले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending