Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

२६ सय वर्षअघि गौतम बुद्धले थालनी गरेको सोवा रिग्पा उपचार पद्धतिको प्रवद्र्धन गरिने

काठमाडौँ। उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले करिब २६ सय वर्षअघि भगवान गौतम बुद्धले थालनी गरेको सोवा रिग्पा स्वास्थ्य उपचार पद्धतिलाई मूल उपचार प्रणालीको रुपमा विकसित गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

सोवा रिग्पा एशोसिएसन नेपालका अध्यक्ष आम्ची डा तेन्जीङ धार्के गुरुङ्ग ९गुगे० को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले होमियोप्याथिक, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चरजस्तै सोवा रिग्पालाई पनि राज्यले वैकल्पिक तथा पूरक चिकित्सा पद्दतिको रुपमा महत्व दिँदै स्वास्थ्य ऐन २०७५ र विभिन्न स्वास्थ्यसम्बन्धी नीतिहरुमा व्यवस्था गरेको उल्लेख गरे ।

ज्ञापनपत्रमा नेपालको संविधान संशोधन गर्दा धारा ५१ मा स्पष्ट रूपमा सोवा रिग्पा उपचार पद्धति उल्लेख गर्न छिमेकी मुलुकमा जस्तै नेपालमा पनि सोवा रिग्पा, होमियोप्याथिक, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर लगायतलाई समेटेर वैकल्पिक वा पूरक मेडिकल काउन्सिल, विभाग, अस्पताल स्थापना गर्न माग गरिएको छ ।

हिमाली भेगलगायत ७७ वटै जिल्लामा जिल्ला सोवा रिग्पा सेवा केन्द्र स्थापना गर्न, सातै प्रदेशमा सोवा रिग्पासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा प्रदेश सरकारहरूलाई यस विषयमा नीति तथा कार्यक्रम ल्याउन निर्देशन दिएर ग्रामीण क्षेत्रका जनतामा आफ्नो क्षेत्रका जडीबुटी संरक्षण र सङ्कलनमा हौसला बढाउन आवश्यक रहेको बताइएको छ । सोवा रिग्पा औषधिलाई औषधि व्यवस्था विभागमा दर्ता गर्ने र माध्यामिक तहको पाठ्यक्रममा समावेश गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको छ ।

अध्यक्ष गुरुङ्गले ज्ञापनपत्र बुझाउँदै सरकारले नेपालका जडीबुटीहरूको अनुसन्धान, सङ्कलन र तिनको प्रशोधन गरी स्वदेशमा नै औषधि उत्पादन गर्न सकेमा देशमा आवश्यक पर्ने औषधि विदेशबाट आयात गर्नुपर्ने बाध्यताबाट राज्य केही हदसम्म मुक्त हुने तथा स्वदेशी औषधि विदेश निर्यात गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताए।

सोवा रिग्पा उपचार पद्धति हिमाली भू–भागमा बढी प्रख्यात छ भने हाल काठमाडौँलगायतका अन्य शहरमा विस्तार हुन थालेको छ । हिमाल, पहाड, तराईमा यसका प्रयोगकर्ता बढ्न थालेका छन् । पछिल्लो तथ्याङ्कअनुसार हिमालमा ९० प्रतिशत, पहाडमा ३० देखि ४० प्रतिशत र तराईमा २० प्रतिशत जनता अहिले पनि यस उपचार पद्दतिका प्रयोगकर्ता रहेका एशोसिएशनले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending