भरतपुर। चितवनको भरतपुर महानगरपालिकालाई नेपालकै पहिलो पारोमुक्त९मर्करी० महानगर घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममार्फत भरतपुरलाई पहिलो मर्करीमुक्त महानगर घोषणा गरिएको हो ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाडौँको अग्रसरतामा जिल्लाका सरोकारवाला निकायले प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै महानगरलाई मर्करीमुक्त महानगर घोषणा गरिएको हो । मर्करीमुक्त घोषणा गरिएसँगै महानगरभित्र रहेका निजी अस्पताल, सरकारी अस्पताल, दन्त क्लिनिकहरुमा मर्करीयुक्त रसायन, तापक्रम नाप्ने थर्मामिटर, रक्तचाप नाप्ने ब्लड प्रेसर मिटर पूर्णरुपमा प्रयोगमा आउने छैनन् ।
मर्करीमुक्त महानगर घोषणाको ब्यानरमा महानगरपालिका, सरकारी अस्पताल, निजी अस्पताल, दन्त क्लिनिक, जिल्ला जनस्वास्थ्य र दन्त चिकित्सकका पेशागत सङ्गठनका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । निजी अस्पताल समन्वय समिति, एफिन चितवन शाखा अन्तर्गतका करीब दर्जन सदस्य निजी अस्पतालले पनि आ–आफ्नो अस्पतालबाट मर्करीमुक्त उपकरण, मर्करीमुक्त रसायन तथा मर्करीमुक्त दन्तचिकित्सा सेवा मात्र प्रदान गर्ने भनेर यसअघि नै निर्णय गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिसकेका छन् ।
मर्करीयुक्त रसायन र उपकरणको प्रयोगले स्वयं बिरामी, चिकित्सक, नर्सलाई नै असर गर्नाका साथै वातावरणमा समेत प्रभाव पार्ने भएकाले महानगरलाई मर्करीमुक्त घोषणा गरिएको केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले जानकारी दिनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार मानव स्वास्थ्यलाई असर गर्ने १० रसायनमध्ये मर्करी पनि एक महत्वपूर्ण रसायन रहेको बताउनुभयो । निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले निजी अस्पतालले एक वर्षदेखि नै मर्करी प्रयोग बन्द गरेको बताए ।
डेन्टल एशोसिएशन चितवनका अध्यक्ष डा विष्णुमाया खरेलले चितवनमा १५ वर्षमुनिका बालबालिकाका दाँत उपचारका लागि अबदेखि पूर्णरुपमा मर्करी निषेध गरिएको बताए । नेपालमा मर्करी अर्थात् पारो विभिन्न प्रायोजनमध्ये अत्यधिक स्वास्थ्य सेवामा प्रयोग हुँदै आइरहेको थियो । भरतपुरमा निजी क्षेत्रमा २५ वटा दन्त क्लिनिक वैधानिक रुपमा सञ्चालनमा छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: