Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

भक्त गिरीका तीन छोराछोरी अपाङ्ग, मुक्त हुन क्रिश्चियन धर्ममा

बाजुरा । बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपाङ्गताले थलिएका छन् ।

जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरु विस्तारै अपाङ्गता भएका हुन् । गिरीका तीनटै छोराछोरी २८ वर्षीय दीर्घराज, २५ वर्षीय धर्मराज र २१ वर्षीया सम्झना बाल्यकाल पूरा नहुँदै अपाङ्गता भएका छन् । उनीहरुको आमा अमिनीले भने, “जेठो छोरा १२ वर्षको उमेरमा, माइलो १४ वर्षको र कान्छी छोरी १४ वर्षको उमेरबाट हातखुट्टा नचल्ने, हिँड्न नसक्ने, लुलो हुने, बोल्न नसक्ने र कम सुन्ने रोगको शिकार भएका हुन् ।”

अहिले उनको तिनटै छोराछोरी हातखुट्टाले मात्र ख्रिसेर हिँड्ने गरेका छन् । शौचालयमा जाँदा पनि एकजनाले सहयोग गर्नुपरेको छ । उनका छोरा दीर्घ ७ कक्षा, धर्मराज ६ कक्षा र छोरी सम्झना १० कक्षा पास भएका छन् । अपाङ्गता नहुँदासम्म विद्यालयमा गएर पढे, पछि विस्तारै हातखुट्टा नचल्ने र लुलो हुँदै शारीरिकरुपमा अपाङ्ग भइसकेपछि सबैले विद्यालय छोडेको सम्झनाले बताए ।

छोराछोरी अपाङ्गता भएपछि उपचार गर्नका लागि सबै जग्गा बिक्रीसमेत ग¥यौँ, तर पनि उनीहरु ठीक नभएको बुबा भक्त गिरीको भनाइ छ । उनले भने, “कहाँ उपचार गराउँदा ठीक हुन्छ, कुनै जानकारी पनि भएन, जस्ले जहाँ लेउ भन्यो, उतै लियौँ, ठीक पनि भएन अब उपचार गर्ने आर्थिक हैसियत नै छैन ।”

“छोराछोरीलाई ठीक होला भनेर धर्म कर्ममा पनि लाग्यौँ, तर कतै ठीक भएनन्”, उनले भने, “कसैले हिन्दू धर्म परिर्वतन गरेर क्रिश्चियन धर्म माने ठीक हुन्छ भन्यो, एक वर्षसम्म त क्रिश्चियन धर्मसमेत मानेको छर तर छोराछोरीको रोग निको हुन सकेको छैन् ।”

“क्रिश्चियन धर्मका पादरी लालबहादुर पुनले हप्ताको एकपटक कोल्टीस्थित चर्चमा बोलाउछन् । चर्चमा आएवापत पैसा माग्यो, ठीक हुन्छ भन्यो, त्यसैको आशमा प्रत्येक हप्ता छोरीछोरी बोकेर चर्चमा पु¥याउने गरेका थिए तर चर्चमा पु¥याउँदा पनि ठीक नभएपछि अहिले पुनः हिन्दू धर्मतिर फर्केको छु”, भक्त गिरीले भने ।

उहाँले भन्नुभयो, “एकातिर धर्म परिर्वतन ग¥याँै, अर्को धर्म परिर्वतन गरेका कारण गाउँमा सम्बन्धसमेत बिग्रियो, न छोराछोरीलाई ठीक भयो न गाउँको सम्बन्ध राम्रो बन्यो ।”

स्थानीय लक्ष्मण जोशीले भक्त गिरीका तीनवटै छोराछोरी पढाइमा पनि राम्रै थिए । विस्तारै हुर्कंदै गर्दा अपाङ्गता भएपछि जिन्दगी नै अन्धकारमय भएको बताए ।

धनगढी महेन्द्रनगरस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पटक÷पटक लगे तर त्यहाँ ठीक हुन सकेन । “आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको उपचार हुन सकेन् । उपचार गराउँदा गराउँदा गिरीको सबै सम्पत्ति सिद्धिसक्यो, न उपचार भयो न त सम्पत्ति नै छ”, जोशीले भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending