Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगरौं - सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।

सामुदायिक रेडियो प्रसारण सङ्घ ९अकोराब०को १८औँ स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियो ः नीतिगत बहस’ कार्यक्रममा आज उहाँले सञ्चारमाध्यमले हिंसालाई अभिप्रेरित गरेर विषयवस्तु समाचार सम्प्रेषण हुन थालेको भन्दै हिंसा गलत बाटो भएकाले त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेको हो।

उहाँले हिंसालाई प्रोत्साहन हुने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानूनअनुसार अघि बढ्ने बताए । “हिंसा प्रोत्साहन नगरौँ, हिंसा गर्नका लागि कसैले साथ सहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गरौँ”, उनले भने, “हिंसाका विषयवस्तु सञ्चारमाध्यममा दिए सरकारले त्यसलाई प्रेस स्वतन्त्रतासँग मात्र जोडेर हेर्दैन, त्यसलाई आफ्नो घोषित कानूनअनुसार सरकारले हेर्दछ ।”

उनले हिंसालाई अभिप्रेरित गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हुने कि नहुने भनेर प्रश्न गरे । उनले पाँच÷ छ सञ्चारमाध्यमले हिंसाका कुरालाई प्रोत्साहन गरेको उल्लेख गर्नुभयो । सरकारले सङ्गठित हिंसा गर्न प्रतिबन्धित गरेको उल्लेख गर्दै उनले भने, “त्यस्तो हिंसाका विषयवस्तु दिने सञ्चारमाध्यमलाई कारवाही हुने कि प्रेस स्वतन्ता हनन हुने ।”

मन्त्री बाँस्कोटाले नेपाली समाजमा पीडा र हिंसा अवसान नहुँदै कसैलाई हिंसा शुरु गरौँगरौँ लागेर नचाहिएका काम गर्न खोजिरहेको बताए । उनले कञ्चनपुर घटनाका दोषी पत्ता छिटो लगाऊ भनेर सञ्चारमाध्यमले दबाब दिने कुरा राम्रो भएको उल्लेख गर्दै तर अपराधी पत्ता लगाउने क्रममा कसैलाई समात्यो भने त्यो कसरी समात्यो भनेर प्रश्न उठाउने कुरा राम्रो नभएको बताए ।

उहाँले अब सञ्चारमाध्यम र विज्ञापन एजेन्सीले समेत कस्ता विज्ञापन प्रसारण वा छाप्ने भनेर आ–आफ्नो आचारसहिंता हुनुपर्ने धारणा राखे। मन्त्री बाँस्कोटाले काठमाडौँमा रेडियो फ्रिक्वेन्सी होल्ड गरेर राख्ने काम अत्याचार पूर्ण ढङ्गले रहेको उल्लेख गर्दै भने, “कसैले फ्रिक्वेन्सी नपाउने र कसैले नचलाएर होल्ड गरेका छन्, अब त्यो होल्ड गरेर राख्ने प्रावधान हटाउनु पर्दछ ।”

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा अकोराबका पूर्वअध्यक्ष मीनबहादुर शाहीले सामुदायिक रेडियोमा समुदायको प्रतिनिधित्व बढाउन सरकार लागिरहेको बताए । नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठले सामुदायिक रेडियोको व्यावसायिक क्षमता विकास गरेर स्थानीय तहलाई पनि समेटेर जानुपर्ने धारणा राखे।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending