Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

खोटाङका किसान भन्छन्, पुलपुलेसा चाहिँदैन सरकार, बाँदर नियन्त्रण गरिदेऊ !


खोटाङ । जतिसुकै मेहनत गरे पनि बाली भित्र्याउने बेला बाँदरले सत्यानाश पारिदिन थालेपछि दिक्क बनेका किसानहरूको गुनासो सम्बोधन गर्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गर्‍यो।

सोही रकमबाट ती कृषक समूहले भारतबाट व्यावसायिक सिकारीको खोजी गरी १० सदस्यीय एक टोलीलाई नगरपालिकामा झिकायो।

एउटा बाँदर नियन्त्रणमा लिए २५ सय रुपैयाँ दिने सर्तमा उनीहरूबाट बाँदर समात्ने कार्य भइरहेको बाली संरक्षण समूहका सचिव उद्धव आर्चायले बताए।

अहिलेसम्म कम्तीमा २८ वटा बाँदर नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिएका बाँदरहरूलाई साँघुरो खोरमा राखेर दानापानी दिइरहेको पनि उनले बताए।

तर बाँदर धपाउन प्रत्येक घरमा कुकुर पालिएको र ती कुकुरले भुकेर बिच्काइदिने गरेकाले सोचेजति बाँदर समात्न नसकिएको उनीहरूको भनाइ छ।

कसरी समात्छन् सिकारीले बाँदररु

सिकारीहरूले एक प्रकारको जाल बिच्छ्याउने र धपाउँदै जालमा पारेर बाँदर नियन्त्रणमा लिने गरेका छन्।

नियन्त्रणमा लिइएका बाँदरहरूलाई व्यवस्थापनको लागि पहल भइरहेको नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए।

उनका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रलाई परिपत्र गरिएकोमा सगरमाथा राष्ट्रिय निकुञ्जले अस्वीकार गरेको र कोशी टप्पुबाट आधिकारिक उत्तर प्राप्त भएको छैन।

त्यहाँबाट पनि अनुमति प्राप्त नभए नजिकै बस्ती नभएको अनकन्टार घना जङ्गलमा लगेर छाड्ने योजना रहेको नगरप्रमुख रिजालले बताए।

विकास हैन, बाँदर नियन्त्रणु

चुनाव ताका यही नारा लिएर खोटाङको यस भेगका जनता नेतालाई दबाव दिन्थे।

माग पूरा गराउने विश्वास पाए मात्र भोट दिने सर्तमा उनीहरूले जनप्रतिनिधिहरू छानेका थिए।

अहिले पनि उनीहरू विकास चाहिँदैन, बाटोघाटो पुलपुलेसा केही चाहिँदैन सरकार१ बाँदर नियन्त्रण गरिदेऊ भन्दै जनप्रतिनिधिहरूलाई ताकेता गर्छन्।

जिल्लाभरि नै बाँदर आतङ्क नरोकिएपछि जनताले राखेका माग पूरा गराउन हामी तयार भयौँ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल भन्छन्।

किसानको उठीबास

खोटाङको १० वटै स्थानीय तह र नगरपालिकाका १५ वटै वडामा बाँदर आतङ्कका कारण किसानहरू खेतबारी बाँझै राख्न बाध्य भएका छन्।

खेतबारीमा रोपेका आलु, मकै, धान, कोदो, भटमास आदि अन्न बाँदरका कारण जोगाउनै मुस्किल परेपछि उनीहरूले दिक्क भएर खेतबारी बाँझै राख्न थालेका हुन्।

यति मात्र हैन सुन्तला, केरा, लिचीजस्ता फलफूल पनि चिचिला लाग्न नपाउँदै बाँदरले खाइदिने र धपाउन खोज्दा उल्टै मानिसलाई झम्टने गरेको किसानहरू बताउँछन्।

उद्धव आचार्य भन्छन्, केही वर्षयता तीन महिना खाने अन्न भित्र्याउन समेत धौधौ परिरहेको छ। मौसमी फलफूल बाँदरलाई मात्र ठिक्क हुन्छ।

बाँदरको बिगबिगी यस्तै भइरहे किसानलाई हैरानी मात्र हैन भोकमरीको समस्या समेत निम्तिन सक्ने उनीहरूको डर छ।
उनीहरू भन्छन्, खेती लगाएदेखि बाँदरको गोठालो बस्नुपर्छ। महिला र केटाकेटीलाई टेर्दैनन्।

कामका लागि पुरुष घरबाहिर जाँदा आँगनको बिस्कुन जोगाउन समेत कठिनाइ हुन्छ। धपाउँदा उल्टै हुल बाँधेर बाँदरले नै आक्रमण गर्ने भएकाले ढोका थुनेर बस्नुको विकल्प नरहेको तारादेवी आचार्य दुखेसो गर्छिन्।

बाँदरको बिजाइँ सहन नसकेर वार्षिक ३० देखि ३२ घरधुरी बसाइँ सरेर अन्यन्त्र जाने गरेको नगरपालिकाको तथ्याङ्कले देखाउँछ।

बाँदर आतङ्कका कारण नगरपालिकाभित्रका ३० प्रतिशत जमिन बाँझो रहेको उसको आँकडा छ।

पहिला मारिन्थ्यो
खोटाङका पाका पुस्ताका मानिसहरूका अनुसार पञ्चायतकाल ताका नै बाँदरले बालीनालीमा क्षति पुर्याउने गरेका थिए।

त्यस बेला बन्दुक हानेर बाँदर मार्ने गरिन्थ्यो। करिब २०४५र०४६ सालसम्म बन्दुक हानेर नै बाँदर मार्ने गरिएको उनीहरू सम्झन्छन्।

बिहान बेलुकी नभनी खेतबारीमा काम गर्‍यो तर बाली पाक्ने बेला सुरुमै बाँदरको मुखमा पुग्छ
तारादेवी आचार्य , किसान

सरकारले पछि जङ्गली जनावरको संरक्षणको नीति लियो।

तिनलाई हानिनोक्सानी पुर्‍याएमा सजाय र क्षतिपूर्तिको व्यवस्था गरिए यता उनीहरूले बाँदर मार्न छाडे।

फलतस् बाँदरको सङ्ख्यामा वृद्धि भयो र अहिले त्यसको असर देखा परिरहेको छ।
कृषिको लगानी खेर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् सञ्चालन भएका कार्यक्रमहरू उपलब्धिविहीन बनेका छन्।

किसानलाई प्रोत्साहन गर्न ल्याइएका मल, बीउ, औजार र अनुदानका कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन्।

कृषक तारादेवी आचार्य भन्छिन्, बालीनाली जोगाउनै मुस्किल परेपछि सरकारले दिएको अनुदानको के कामरुू
सिँचाइका लागि बजेट आउँछ कुलो निर्माण गरियो, खेतबारीमा पानी पुर्याइयो, बिहान बेलुकी नभनी खेतबारीमा काम गर्‍यो तर बाली पाक्ने बेला सुरुमै बाँदरको मुखमा पुग्छ। हाम्रो त जहिल्यै आधा मन, आधा बाली।

के भन्छन् विज्ञ
बाँदरबारे जानकार डा। मुकेशकुमार चालिसेका अनुसार खोटाङमा समातिएको बाँदरको तस्बिर हेर्दा ती रातो बाँदर प्रजातिका बाँदर हुन् जो नेपालका अधिकांश भागमा फेला पर्छन्।

यस प्रजातिका बाँदर अति संरक्षित वर्गमा भने पर्दैनन्।

यस्ता बाँदर चाँडै प्रतिक्रिया जनाउने खालका हुन्छन्। सायद समूहमा भएकामध्ये केही अलि बढी रिसाहा पनि होलान्। बासस्थान, आहारा आदिको समस्या परेपछि जंगलबाहिर निस्कन्छन्, उनले भने।

त्यसोभए त्यस्ता बाँदरलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त?

चालिसे भन्छन्, एक ठाउँबाट समातेर अन्त लगेर छाड्दैमा समस्या समाधान हुँदैन। बरु प्रदेश वा स्थानीय तहहरूले नै आ आफ्नो भेगमा स(साना चिडियाखाना बनाए भने सबैलाई फाइदा हुन्छ।

अर्को उपाय भनेको सरकारले आफ्नै तहबाट जैविक अनुसन्धानमा यी बाँदरको प्रयोग गर्न सक्छ जसले गर्दा विवाद पनि नहोस् र सबैलाई फाइदा पुगोस्। /बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy