Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

उब्जियो राजनीतिक सङ्कट, सेनाप्रमुखले गरे राष्ट्रपति हटाउने माग

अल्जेरिया । अल्जेरियाका सेनाप्रमुखले त्यहाँका राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकालाई शासनका लागि अशक्त घोषणा गरेर पदबाट हटाउनुपर्ने बताएका छन्।

एक टेलिभिजन सम्बोधनमार्फत् लेफ्टिनेन्ट जनरल अहमद गइद सलाह्ले देशमा उत्पन्न सङ्कटको संवैधानिक सीमाभित्रै रहेर तत्काल समाधान खोजिनुपर्ने बताए।

तर धेरै विपक्षी दलहरूले सेना प्रमुखको उक्त अभिव्यक्तिको आलोचना गर्दै सेनालाई आफ्नो सीमाभित्रै रहन भनेका छन्।

बयासी वर्षीय राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकाले एक महिनाअघि पाँचौ कार्यकालको लागि चुनाव लड्ने बताएपछि देशमा त्यहाँ अहिलेसम्मकै ठूला प्रदर्शनहरू भएका थिए।

पछि उनले आफ्नो मनशाय बदलेको बताए पनि प्रदर्शनका शृङ्खला भने रोकिएको थिएन । प्रदर्शनकारीहरूले तत्काल परिवर्तनको माग गर्न थाले।

पहिल्यै तय भएको निर्वाचनको मिति सारिएको तर अर्को मिति घोषणा नगरिएकाले पनि धेरैले त्यसलाई चौथो कार्यकाल लम्ब्याउने चालको रूपमा हेरेका छन्।

अल्जेरियालीहरूको जनसङ्ख्या उल्लेख्य रहेको फ्रान्समा पनि बतेफ्लिकाविरुद्ध प्रदर्शन भएका थिए। सन् २०१३ मा हृदयाघात भएयता बतेफ्लिका सार्वजनिक रूपमा निकै कम देखिएका थिए।

उनी देशभित्र र बाहिर आफ्नो उपचारका लागि बाहेक खासै यात्रा गर्दैनन्। आफ्ना सहयोगी वा लिखित मन्तव्यमार्फत् उनले जनतामाझ आफ्ना भनाइ राख्ने गरेका थिए।

त्यहाँ ३० वर्षभन्दा कम उमेरका मानिसहरूको जनसङ्ख्या आधाजसो छ जसको बाहुल्य पछिल्ला प्रदर्शनमा देखिन्छ।

अहमद गइद सलाहको पछिल्लो अभिव्यक्तिले भने धेरैलाई आश्चर्यमा पारेको छ।

देशका सहायक रक्षामन्त्री समेत रहेका उनी अहिलेसम्म राष्ट्रपति बतेफ्लिकाका निकट सहयोगी मानिन्थे।

यसअघि उनले प्रदर्शनकारीप्रति समर्थन झल्किने गरी देशप्रति सेना र जनताको एकिकृत सोच भएको बताएका थिए।

सैन्य अधिकृतहरूलाई अगाडि राखेर गरेको मन्तव्यमा उनले भनेका थिए, देशमा उत्पन्न सङ्कटको समाधान र अल्जेरियाली जनताले उठाएको मागको जबाफ संविधानले पनि सुनिश्चित गरेकोले यो सबैका लागि स्वीकार्य हुनेछ।

सेनाप्रमुख अहमद गइद सलाह्
बीबीसीका उत्तर अफ्रिका संवाददाता राना जवाद भन्छिन्- उनले आफ्नो प्रस्तावमा संविधानको व्यवस्था उल्लेख गरे पनि त्यसपछाडिको नियतबारे प्रश्नहरू उठ्नेछन्।

समाचारहरूमा बताइए अनुसार उनको उक्त प्रस्ताव लगत्तै त्यहाँ संवैधानिक परिषद्‍को बैठक बसेको थियो। जसको सुझावका आधारमा संसद्ले यसबारे निर्णय लिनेछ।

उक्त प्रस्ताव पारित भएमा ४५ दिनका लागि अन्तरिम राष्ट्रप्रमुखको व्यवस्था गरिनेछ जसले आफू प्रतिस्पर्धा गर्न नपाउने गरी नयाँ चुनाव गराउनुपर्नेछ। बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies