Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ । प्रहरीले सामान्यतः प्रतिमहीना १४ लागुऔषधसँग संलग्न व्यक्ति नियन्त्रण लिँदै आएको छ ।

तीव्ररूपमा बढिरहेको बसाइँसराइ, चेतनाको कमी र बेरोजगारीका कारण यस्तो समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरले राससलाई बताए। “प्रहरीले लागुऔषधमा सक्रियता बढाउँदा कारोवारी र प्रयोगकर्ता देखिन छाडेका छन्”, उनले भने, “गलत धन्दाले ल्याउने परिणाम बुझ्दै गएपछि अहिले मान्छे असल पेशा व्यवसायको खोजी गर्न थालेका छन् ।”

उहाँका अनुसार लागुऔषधअन्तर्गत ब्राउनसुगर ९३ ग्राम ५१० मिलिग्राम, चरेश छ किलो ३०४ ग्राम ७० मिलिग्राम, गाँजा १८१ ग्राम ५०० मिलिग्राम, नाइट्रोजन १५७ बरामद र गत फागुन ११ गते लेकबेँसी नगरपालिका–८ लामीडाँडा सुर्खेतमा एक लाख अवैध अफिमका बोट नष्ट गरिएको छ ।

२९ लाख राजश्व सङ्कलन

प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा हालसम्म ७७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरेको थियो । त्यसक्रममा ७७ अभियुक्तले ४२ वर्ष तीन महीना १४ दिन कैद, रु २८ लाख ८३ लाख ६०६ जरिवाना तथा कैद दुवै भुक्तान गरेको प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रहरीको अवैध जुवातास रोक्ने अभियानअन्तर्गत चालू आवको फागुनसम्म १२ मुद्दा दर्ता हुँदा ८२ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेका जुवाडेबाट रु १२ लाख ९८ हजार ९३३ नगद नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध नदीजन्य पदार्थ ओसारपसार विरुद्धको अभियानअन्तर्गत ७१ सवारीसाधनलाई कारवाही गर्दा स्थानीय सरकारलाई रु दुई लाख ५१ हजार ८८० राजश्व सङ्कलन भएको छ । त्यस्तै, दुई हजार १८६।८८ वर्ग फिट अवैध काठ पक्राउ गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाएको प्रहरीले बताएको छ ।

गुण्डागर्दीमा २०४ लाई कारवाही

प्रहरीले गुण्डागर्दी नियन्त्रण अभियानअन्तर्गत गुण्डागर्दीका १३८ मुद्दा दर्ता गरेको छ । बसपार्कलगायत विभिन्न ठाउँहरुबाट गुण्डागर्दी गर्नेहरु विरुद्ध १३८ मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । सो अभियानअन्तर्गत आठ महिला र १९६ पुरुष गरी २०४ लाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिएको प्रवक्ता क्षेत्रीले बताए ।

त्यसैगरी, जिप्रका सुर्खेतले अवैध घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत हालसम्म तयारी घरेलु मदिरा पाँच हजार ६३६ लिटर र कच्चा पदार्थ १० हजार २४२ लिटर, घरेलु मदिरा बनाउने औषधि २८७ केजी, भाडासेट ८७ थान नियन्त्रणमा लिएको जनाएको छ । यसरी अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्नेलाई कारवाही गर्दा रु ६० हजार राजश्व सङ्कलन भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy