सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उनको उपचारका क्रममा आज निधन भएको उनका भतिजा नरेश झाले जानकारी दिए ।
समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिए । वि.सं २०५६ मा बलरा गाविस अध्यक्ष पदमा निर्वाचित भएका उनी विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बलरा नगरपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । झाका श्रीमती, एक छोरा र चार छोरी छन् ।
झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बलरा–४ मा आज शोक बिदा दिएको वडाध्यक्ष मणिभूषण सिंहले जानकारी दिए । सिंहद्वारा जारी सार्वजनिक सूचनामा वडाभित्रका सम्पूर्ण सरकारी कार्यालय, संस्था तथा विद्यालय आज बन्द गर्ने निर्णय भएको उल्लेख छ ।
मृदुभाषी स्वभावका झाको निधनले कुशल राजनीतिज्ञ र समावसेवी गुमाएको उनले बताए । यसैबिच, सङ्घीय सांसद अमरेशकुमार सिंहले आज एक शोक सन्देश जारी गर्दै बलरा–४ का पूर्ववडाध्यक्ष, कुशल समाजसेवी एवं राजीतिज्ञ झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा धेर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - २०:४२
काठमाडाैं । काठमाडौंमा टोखामा हिटर बाल्ने क्रममा ग्यास चुहिएर घरमा आगलागी भएको छ । गोखा नगरपालिका ६ घापासीस्थित कुँवर टोलस्थित भाईकाजी श्रेष्ठको साढे ...
पौष ४ गते, २०८१ - २०:२७
पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्...
पौष ४ गते, २०८१ - २०:००
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट...
पौष ४ गते, २०८१ - १९:४४
काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरिरुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । प्र...
पौष ४ गते, २०८१ - १९:३८
जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको ...
पौष ४ गते, २०८१ - १८:५९
मोरङ । कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ । बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट ...
पौष ४ गते, २०८१ - १८:४५
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी ब...
पौष ४ गते, २०८१ - १८:३९
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य ...
पौष ४ गते, २०८१ - १८:३४
हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्य...
पौष ४ गते, २०८१ - १८:२७
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ । मौसमविद् स...
प्रतिकृया लेख्नुहोस्: