काठमाडौं । सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध असन्तुष्ट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्यानलका जिल्ला सभापतिहरुको वैठक काठमाडौं बसेको छ । वैठकमा ५१ जिल्ला सभापतिहरुको उपस्थिति रहेको बताइएको छ । केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका लागि तल्लो बुथबाटै चुनिनुपर्ने र समानुपातिकमा एकै व्यक्तिको उम्मेदवारी नदोहोर्याउने गरी महासमितिमा जुटेको सहमति उल्टिएपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।
महासमिति बैठकको सुझावविपरीत केन्द्रीय समितिले विधान पारित गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट छन्। जारी बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध कसरी अघि बढ्ने भन्ने रणनीति तय गरिने एक जिल्ला सभापतिले बताए। ५१ जिल्लाका सभापति सहभागी बैठकमा देउवा निकटका सभापति भने छैनन्।
यता कांग्रेस सभापति शेरबहादुर देउवाले भने भेला बोलाउने जिल्ला सभापतिहरुलाई सानो झुण्डको भनि संज्ञा दिएका छन् । देउवाले सानो झुण्डको जिल्ला सभापतिहरुको समुहले मात्र विशेष महाधिवेशन बोलाउन माग गदै आएको दाबी गरे । बिहिबार पाल टेलिकम वर्कर्स युनियनको राष्ट्रिय महाधिवेशनमा भाग लिन विराटनगर पुगेका सभापति देउवाले कसैले चाहेर विशेष महाधिवेशन नहुने जिकिर गरे । उनले असन्तुष्ट सभापतिहरुको संख्या २० जना मात्र रहेको भन्दै उनीहरुले विशेष महाधिवेशनको माग गर्न नमिल्ने समेत प्रष्ट पारे ।
यसैबीच खबर डबलीले बुधबारदेखि सुरु भएको भेलामा एक सहभागीलाई उपस्थित संख्या र छलफलको विषय बारेमा जानकारी लिएको छ । पौडेल पक्षका एक जिल्ला सभापतिका अनुसार भेलामा ५१ जिल्ला सभापतिहरुको सहभागिता रहेको प्रष्ट पारेका छन् । उनले जिल्ला सभापतिहरुको नामावली समेत टिपाएका छन् ।
भेलामा उपस्थित जिल्ला सभापतिहरू
१. लीलादेवी बोखिम (ताप्लेजुङ)
२. नरेन्द्रकुमार केरुङ (पाँचथर)
३. हिमालय कर्माचार्य (इलाम)
४. उद्धव थापा (झापा)
५. गोविन्द ढुंगाना (तेह्रथुम)
६. नन्दमणि राई (भोजपुर)
७. नरेशकुमार श्रेष्ठ (खोटाङ)
८. विनोद बस्नेत (सोलुखुम्बु)
९. राजीव कोइराला (सुनसरी)
१०. डिगबहादुर लिम्बू (मोरङ)
११. विदुर बस्नेत (उदयपुर)
१२. दीपेनकुमार श्रेष्ठ (संखुवासभा)
१३. कृष्णदेव यादव (रौतहट)
१४. अजय द्विवेदी (पर्सा)
१५. उज्ज्वल बराल (सिन्धुली)
१६. मधु आचार्य (काभ्रे)
१७. लवश्री न्यौपाने (रामेछाप)
१८. विकास लामा (सिन्धुपाल्चोक)
१९. जगदीश्वरनरसिंह केसी (नुवाकोट)
२०. सबुज बानियाँ (काठमाडौं)
२१. रमेश धमला (धादिङ)
२२. जितनारायण श्रेष्ठ (चितवन)
२३. वैकुण्ठ न्यौपाने (तनहुँ)
२४. खम्ब गर्बुजा (म्याग्दी)
२५. यङजिङ विष्ट (मुस्ताङ)
२६. कुमार राणा (स्याङ्जा)
२७. विष्णुप्रसाद लामिछाने (नवलपुर)
२८. भेषबहादुर पौडेल (लमजुङ)
२९. हरिबहादुर घले (गोरखा)
३०. वीरबहादुर राणा (पाल्पा)
३१. विष्णुप्रसाद खनाल (अर्घाखाँची)
३२. सुरेन्द्रप्रसाद आचार्य (कपिलवस्तु)
३३. अम्मरप्रसाद भण्डारी (प्युठान)
३४. अमरसिंह पुन (रोल्पा)
३५. केशरमान रोका (पूर्वी रुकुम)
३६. किरण कोइराला (बाँके)
३७. सञ्जय गौतम (बर्दिया)
३८. खड्गबहादुर शाही (मुगु)
३९. दीपबहादुर शाही (जुम्ला)
४०. हर्षबहादुर बम (कालिकोट)
४१. कृष्णकुमार बिसी (दैलेख)
४२. कमलराज रेग्मी (सुर्खेत)
४३. प्रेमप्रकाश ओली (पश्चिम रुकुम)
४४. गणेशबहादुर चन्द (सल्यान)
४६. जयपति रोकाया (हुम्ला)
४७. अंगत बुढा (डोल्पा)
४८. कर्णबहादुर मल्ल (डडेल्धुरा)
४९. ललितसिंह बोहरा (दार्चुला)
५०. नरेन्द्रसिंह थापा (बैतडी)
५१. हर्कजंगबहादुर सिंह (बझाङ)
याे पनि पढ्नुहाेस् ...
देउवा कड्किए, ‘सानो झुण्डले भन्दैमा विशेष महाधिवेशन ?’
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: