Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

खबरडबली संवाददाता

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र टेम्पो धनी पक्ष ९घनश्याम धामी र उनकी पत्नी धनादेवी धामी०बिच सहमति जुटेपछि धामी दम्पतीले सो रकम प्राप्त गरेका हुन् ।

घटनाको छानबिन गर्न गठित समितिका संयोजक एवं सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले दुई पक्षबिच सहमति भएको जानकारी दिए । गत २९ जेठमा भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे क्षेत्रमा वनका कर्मचारीले धामी दम्पतीको टेम्पो भिरबाट खसालेका थिए । सो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारी पक्षले गरिबमाथि अत्याचार गरेको भन्दै वन कर्मचारीको चौतर्फी आलोचना भएको थियो ।

आलोचनापछि डिभिजन वन कार्यालयले वन क्षेत्रभित्रको अतिक्रमण हटाउने क्रममा गुड्न नमिल्ने अवस्थामा रहेको टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोज्दा भौगोलिक विकटताका कारण अनियन्त्रित भई दुर्घटनावश भिरमा खसेको दाबी गरेको थियो । तर, टेम्पो धनी धनादेवी धामीले आफ्नो टेम्पो चालु अवस्थामै रहेको र जानाजानी खसालिएको भन्दै १० लाख रुपैयाँ क्षतिपूर्ति, भत्काइएका घरटहराको पुनर्निर्माण र होल्डिङ सेन्टरमा बासको व्यवस्था हुनुपर्ने माग राखेकी थिइन् ।

विवाद बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई १० असारसम्मको म्याद दिइए पनि मंगलबार नै दुवै पक्षबिच सहमति जुटेको हो ।

निर्देशक विष्टले धामी दम्पतीले वन क्षेत्रभित्र घर(टहरा बनाएर बस्नु नियमविपरीत भए तापनि मानवीय संवेदना र कर्मचारीको व्यवहारलाई हेरेर क्षतिपूर्ति दिएको बताए । “वन क्षेत्रमा घर(टहरा बनाउने कानुन छैन । वन कार्यालयले पटक–पटक हटाउन आग्रह गर्दा पनि उहाँहरूले अटेर गर्नुभएको देखिन्छ,” विष्टले भने, “त्यस दिन कर्मचारीले आवेशमा आएर वा झोंकमा टेम्पो खसालेको देखियो ।”

उनले दुवै पक्षको कमजोरी रहेकाले मध्यमार्गी बाटो अपनाएर सहमति गराइएको बताए । “टेम्पो खसाल्नु कर्मचारीको गल्ती थियो भने गलत ठाउँमा व्यवसाय सञ्चालन गर्नु धामी दम्पतीको कमजोरी हो । छानबिनले यी दुवै पक्षलाई हेर्छ, तर भौतिक क्षति भएकाले पीडितलाई न्याय दिन क्षतिपूर्तिको व्यवस्था गरिएको हो,” विष्टले टेकपानासँग भने ।

टेम्पो भिरबाट खसालेको आरोपमा प्रहरीले १० जना वन कर्मचारीलाई पक्राउसमेत गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending