Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

स्वस्थ्य र सभ्य समाज निर्माणमा भरतपुर महानगर सधै तत्पर छौ - प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वस्थ्य र सभ्य समाज निर्माणको क्षेत्रमा भरतपुर महानगर सधैँ तत्पर रहेको बताएकि छिन् ।

चितवनमा शनिबार आयोजित नेपाल क्षयरोग निवारण संस्थाको ३९ औँ केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले रोगीहरुका बीचमा असल व्यवहारको आवश्यकता रहेको धारणा राखिन् । प्रमुख दाहालले क्षयरोग नियमित औषधि सेवनले निदान हुने भन्दै क्षयरोगको निदान र रोकथामका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताइन् ।

भरतपुर मेडिकल सिटीको रुपमा विकास भैरहेको स्मरण गराउँदै उनले सबै प्रकारको रोगको निदान र उपचारमा प्रभवकारी सेवा प्रवाह गर्नु भरतपुर र चितवनको प्रमुख दायित्व हुने बताइन् ।

यसका लागि भरतपुर महानगरपालिका क्रियाशील रहेको भन्दै प्रमुख दाहालले सोही बमोजिम भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गरिएको बताइन् । भरतपुरमा पर्याप्त स्वास्थ्य संस्थाहरु रहेको भन्दै उनले यहाँ रहेका अस्पताल, मेडिकल कलेज, नर्सिङ होमहरुमा अति विशिष्ट प्रकारका सेवा सुविधाहरुको बिस्तार र विकासको खाँचो रहेको धारणा राखिन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, नेकपाका नेता बद्री तिमिल्सिना, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी लगायतले क्षयरोगका बारेमा धारणा राख्दै सबैको सामुहिक प्रयासबाट क्षयरोगको निदान र नियन्त्रण गर्न सकिने बताए ।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधानले क्षयरोगविरूद्ध जागरुक बनाउने हाम्रो भावना, क्षयरोगबिनाको संसाार देख्ने हाम्रो चाहना भन्ने मूल उद्देश्यका साथ काम भैरहेको बताए। क्षयरोगका बारेमा जानकारी दिँदै उहाँले क्षयरोगको जिवाणु पत्ता लगाउने डा। रबर्ट ककको योगदानको स्मरण गरे ।

क्षयरोगको निदानमा उल्लेख्य काम भैरहेको बताउँदै उनले अझै १३ हजारको हाराहारीमा क्षयरोगका बिरामी उपचारको दायरामा आउन नसकेको बताइन्। यिनै बिरामीका कारण संक्रमण बढिरहेको उहाँको भनाइ छ । यसलाई रोक्नु चुनौतीपूर्ण रहेको भन्दै उहाँले यसको रोकथाममा सबैको सामुहिक प्रयास हुनुपर्ने बताइन् ।

उनका अनुसार क्षयरोग निवारणका लागि संस्थाका ३८ शाखाले देश विदेशका संघसंस्थासँगको सहकार्यमा काम गरिरहेका छन् । कार्यक्रमको अध्यक्षता गरेको दामोदर न्यौपानेले सहभागीहरुलाई स्वागत गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy