काठमाडौ। फोहोरमैला ब्यवस्थापन संघ नेपालको तेश्रो बार्षिक साधारण सभाले नयाँ केन्द्रीय कार्यसमितिको चयन गरेको छ।
काठमाडौंमा सम्पन्न साधारण सभामा अधिकांश पद निर्बाचन मार्फत चयन गरेको संघको केन्द्रीय अध्यक्षमा प्रगतिशिल खेमाका धन प्रसाद आचार्य २६ मत ल्याई बिजयी भएका छन्। जम्मा ४६ मत खसेकोमा उनका निकटतम प्रतिद्वन्दी प्रजातान्त्रिक खेमाका बासुदेव उप्रेतीले २० मत प्राप्त गरेका थिए। नब निर्बाचित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा सहदेव राउत र रामकुमार घिमिरे निर्बाचित भएका छन् भने उपाध्यक्षमा दुर्गादेवी दुलाल सर्बसम्मत निर्बाचित भएकी छन्।
महासचिवमा मित्र प्रसाद घिमिरे निर्बाचित भए भने सचिवद्वयमा निर कुमार वाग्ले र भुपाल आचार्य निर्बिरोध निर्बाचित भए। कोषाध्यक्षमा बबरमान तामाङ् निर्बाचित भए भने नौ जना सदस्यहरुमा क्रमशस् एकराज आचार्य, सीता गौतम, लक्ष्मी प्रसाद गेलाल, सुलभ मोक्तान, लक्ष्मी श्रेष्ठ, गीता कार्की, राजेश कटुवाल, पदम थापा र शंकर बस्नेत निर्बाचन मार्फत बिजयी भए।
बरिष्ठ उपाध्यक्ष पद एक भएपनि निर्बाचनमा सहभागी दुई जनामा दुबै जनाको बराबरि २३ मत आएको हुनाले संघको बिधान बमोजिम एक एक बर्षको कार्यकाल काम गर्नेगरि निर्बाचित गरिएको कुरा निर्बाचन समितीले जनाएको थियो।
बन्द सत्रको निर्बाचन पहिले आयोजित कार्यक्रममा प्रमुख अतिथीको आसनबाट पूर्व बातावरण, बिज्ञान तथा प्रबिधी मंत्री गणेश शाहले काठमाडौं उपत्यकाको जनताको स्वास्थ्यसँग सिधै जोडिएर काम गर्ने संस्थाहरुको साधारण सभा भएको सुनाउदै संस्थाहरुको अबको भाबि नीति शहरलाई पूर्ण स्वस्थ राख्न तर्फ अघि बढ्न सुझाब दिएका थिए। उपत्यकाका सबै स्थानिय निकायसँग सहकार्य अझ बढाउदै संस्थाहरुले उपत्यका बाहिर पनि शाखाहरु खोली काम गर्ने समय अब आईसकेको भन्दै सो बिषयमा काममा लाग्न सुझाएका थिए। शहरका चोकमा दुर्गन्ध बढ्ने गरि धेरै दिन फोहोर थुप्रने अवस्था आउन नदिन संस्थाहरु पूर्ण रुपमा लाग्नुपर्ने उनको कथन थियो।
निश्चित रकम लीइ काठमाडौं उपत्यकाका घर दैलोबाट फोहोर उठाई नुवाकोटको सिसडोलमा पुर्याउन यी कम्पनी कार्यरत छन्। तर सिसडोल भरिदै गएकोले फोहोर कहाँ फाल्ने भन्ने समस्याले पिरलेको कुरा संस्थाका प्रतिनिधि बताउँछन्। काठमाडौं उपत्यकाबाट प्रतिदिन सरदर ८०० टन फोहोर उत्पादन हुन्छ। केन्द्र सरकारले बेलैमा फोहोर ब्यवस्थापनको नीति नबनाउँदा फोहोर ब्यवस्थापनमा बिगत देखिनै पटक पटक शहरका चोक चोकमा फोहोर थुप्रिएर दुर्गन्ध बढ्ने गरेको छ। काठमाडौं महानगर लगायत उपत्यकाका अन्य स्थानिय निकाय पनि फोहोर ब्यवस्थापनमा दिर्घकालिन तवरले काम गर्न सकिरहेका छैनन्। बर्खा लागेपछि सिसडोल जाने बाटो पटक पटक भत्किने गरेको छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: