पोखरा । मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा ।’ शुक्रबार पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए । सङ्गीत पारखीहरुको बेजोड ताली र ‘हुटिङ’बाट उनको स्वागत भयो । गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए ‘शीतल पनि चिनिनु पर्छ’ भनेर चिनाए दर्शकलाई । गीतसङ्गीतमा जति धेरै आवाज र ताली सुनिन्छ, गायकलाई उतिनै ऊर्जा मिल्छ । आयोजकलाई पनि उत्साहित बनाउँछ । वातावरण त्यस्तै थियो ।
एकाएक प्रमोद खरेल केही भावुक भए । सबै आश्चर्यमा परे । उनले निकै भावपूर्ण तरिकाबाट दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाम उच्चारण गरे । पोखरा उनको गृहनगर । अधिकारीको लोकप्रियताले उचाइ लिएको ठाउँ । गायक खरेलले उनै दिवङ्गत मन्त्रीमा समर्पित गर्दै एउटा गीत गाए ।
“याद गर्न पनि त कोही न कोही त चाहिँदोरहेछ”, दर्शकदीर्घामा रहेकाहरु झनै भावुक बने जब पछाडिको इलेक्ट्रोनिक पर्दामा रवीन्द्रका मुस्कानसहितका तस्वीरहरु देखिए । गीतसँगै टोलाइरहेका थिए उनका समकालीन राजनीतिज्ञ नेकपा स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई । जो त्यही कार्यक्रमका लागि पोखरा आइपुगेका थिए । “यो गीतले राजनीतिको धेरै मोडहरुमा सँगसँगै हिँडेको, एकापसमा दुःख–सुख बाँडेका धेरै पलहरुलाई मानसपटलमा ल्याइदियो”, भट्टराईले सम्झिए “सम्झना–सम्झना नै हो ।”
सँगै थिए अधिकारीका सहपाठी दिलीप श्रेष्ठ । “आँखा ओभाउँदै थियो, यो गीत र स्क्रिनमा देखिएको उनको तस्वीरले अनायासै आँखा रसायो फेरि” श्रेष्ठले भन्नुभयो “धेरै चोटि उनलाई सम्झेर रोएको छु, उनलाई गुमाएको डेढ महीना हुनलाग्यो । प्रमोदको गीतले फेरि रुवायो उनको यादले ।” अन्य दर्शक पनि त्यसरी नै भावुक बनेका थिए ।
बार्दली मिडिया प्रालिले आयोजना गरेको ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रममा खरेलले आफ्ना लोकप्रिय गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । उनलाई गायिका मीना निरौलाले साथ दिएकी थिइन् । चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको प्रस्तुतिबाट पनि दर्शकले साङ्गीतिक कार्यक्रममा फरक स्वाद लिन पाए ।
पोखरा सङ्गीत पारखीका लागि उर्वर मानिन्छ । सडक बालबालिकाको सहयोगार्थ आयोजित यस साङ्गीतिक कार्यक्रम भव्यरूपमा सफल भएको बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका विशेष व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: