बागलुङ । मध्यपहाडी लोकमार्गलाई विस्तार गर्ने क्रममा बागलुङ बजारमा पर्ने घर टहरा हटाउने काम शुरु गरिएको छ । लोकमार्गले तोकिएको मापदण्डविपरित बनेका घर टहरालाई हटाउने काम शुरु गरेको हो ।
बागलुङ–पोखरा खण्ड अन्तर्गत बागलुङ नगरपालिका–१ र २ का घर टहरा भत्काएर सडक चौडा पार्न दुवै वडाकार्यालयले सात दिने सूचना समेत जारी गरेका छन् । हाल बाङगेचउरदेखि सोझै उपल्लाचौर पुग्ने गरी लोकमार्गको रेखाङ्कन भए पनि बजार प्रवेशको बाटो समेत चौडा बनाउन पर्ने भएकोले काम थालिएको वडा नं–२ का अध्यक्ष जीवन आचार्यले बताए ।
चौडा पारिएको सडक कम्तीमा १० मिटरमा कालोपत्रे गर्ने योजना छ । हाल सो खण्डमा ८ मिटर मात्र कालोपत्रे छ । हाल सो खण्डमा दर्जनबढी घरटहराले बाटो फराकिलो बनाउन अप्ठ्यारो परेको छ । वडा नं–१ अध्यक्ष दुर्गे सार्की र आचार्यले सूचना जारी गरेर सात दिनभित्र घर टहरा सार्न आग्रह गर्नुभएको हो । झण्डै तीन किमी खण्डमा सडक साँघुरो भएकाले सवारी आवागमनमा बढी समस्या पर्ने गरेको छ ।
आचार्यका अनुसार वडा नं २ का ७ वटा पक्की घर भत्काउनुपर्ने भएको छ । वडा नं–१ मा भने पक्की घर नपर्ने, बरु टहरा भत्काएर पछाडि सार्नुपर्ने भएको हो । “विशेषगरी ट्राफिक चोकदेखि रुद्रेपिपल जाने घुम्तीका मापदण्डमा परेका घर भत्काइने छन्”, आचार्यले भने, “यी घर यसअघिनै भत्काएको भए पनि बनाउन नपाउने स्थानमै थिए, अहिले सडक चौडाको योजनामा उनीहरुलाई सूचना पठाइएको छ ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: