Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

खोटाङमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर

खोटाङ। दिक्तेलस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२९ को उपचार गरिएको छ । नेत्रज्योति सङ्घ खोटाङको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा चैत २२, २३ र २४ गते तीनदिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा अभिषेक सहदेवको नेतृत्वमा आएको १४ स्वास्थ्यकर्मीको टोलीले ९५ को शल्यक्रिया गरेको सङ्घका सभापति इन्द्र कसजुले जानकारी दिनुभयो । शल्यक्रिया गराउने अधिकांश आँखारोगी वृद्धवृद्धा रहेको जनाइएको छ ।

शिविरमा आएका ज्येष्ठ नागरिक र शल्यक्रिया गराएका आँखाका बिरामीलाई निःशुल्क दृष्टि चश्मा वितरण गरिएको थियो । उपचारमा आएका अधिकांशलाई औषधिसमेत निःशुल्क वितरण गरिएको जनाइएको छ । शिविरमा आएका जटिल किसिमका बिरामीलाई खान र बस्नको व्यवस्थासमेत आयोजकले मिलाएको थियो । लामो समयदेखि उपचार अभावमा दृष्टि गुमाएर बसेका आँखाका रोगीले पुनःदृष्टि पाएपछि हर्षित भएका छन् ।

अरुको सहारामा शिविर सञ्चालन भएको स्थानमा पुगेर उपचार गराएका अधिकांश आँखाका बिरामी शल्यक्रियापछि आफैँ हिँडेर घर फर्किएका छन् । उनीहरुले लामो समयदेखि आफ्नो गुमेको दृष्टि पुनः फर्काइदिएकामा आयोजक तथा शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।

स्ट्रेचरमा बोकाएर शिविर पु¥याइएकी खाल्लेकी ७६ वर्षीया जानुका सुजीकार शल्यक्रियापछि आफैँ हिँडेर घर फर्कनुभएको छोरा प्रकाशले बताउनुभयो । “आमाको आँखामा विसं २०६६ देखि समस्या देखिएको थियो”, उहाँले भन्नुभयो, “पछिल्लो चार महीना त दुवै आँखा पूरै बन्द भएको थियो । अहिले शल्यक्रिया गरेपछि दुवै आँखाले राम्ररी देख्न सक्नुहुन्छ । उहाँ आफै हिँडेर घर फर्कनुभयो ।”

सङ्घले यसअघि यही चैत १९ र २० गते केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा पनि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । बाक्सिलामा आयोजना गरिएको शिविरमा ६३ को शल्यक्रियासहित ५१४ को उपचार गरिएको थियो ।

जिल्लामा लामो समयदेखि क्रियाशील नेत्रज्योति सङ्घले यही चैत २६ र २७ गते हलेसीमा पनि निःशुल्क आँखा शल्यक्रिया शिविरको आयोजना गर्नेभएको छ । जिल्लाका हरेक भेगका नागरिकलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले यस वर्ष जिल्लाको तीन ठाउँमा शिविर राखिएको सभापति कसजुले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending