वासिङ्टन । अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिएकी हुन् ।
राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरिएको बताएका छन् । उनले गृह मन्त्रालयको जिम्मेवारी हाल अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीनानलाई दिएका छन् ।
म्याकअलीनान लामो समयदेखि अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागमा कार्यरत रहेका थिए । उनी अमेरिकी कङ्ग्रेस एवं प्रशासनभित्र निकै सम्मानित व्यक्तित्व पनि हुन् ।
‘जिम्मेवारीबाट बाहिरिने अहिले सबैभन्दा उत्तम समय हो भन्ने मैले ठानेकी छु,’ निल्सनले लेखेको अवकाशपत्रमा उल्लेख छ । ‘अब नियुक्त हुने मन्त्रीलाई कङ्ग्रेसको पूर्ण समर्थन रहने र आप्रवासीका सम्बन्धमा देखिएका कानुनी जटिलताहरु फुक्दै जाने मैले विश्वास लिएकी छु ।’
अमेरिकी कानुनी व्यवस्थामा रहेका जटिलताका कारण आप्रवासीहरु सहजै अमेरिका प्रवेश गर्ने गरेको पूर्वमन्त्री निल्सनको धारणा छ ।
यही तथ्यलाई मनन गरी ट्रम्प प्रशासनले गृह विभागमा व्यापक फेरबदल गर्न चाहेको छ ।
राजीनामा गर्नुअघि निल्सनले गत शुक्रबार ट्रम्पसँगै अमेरिकी–मेक्सिको सीमा क्षेत्रको भ्रमण गरेकी थिइन् । त्यहाँ अमेरिकी सीमा अधिकारीहरु र स्थानीय कानुन कार्यान्वयन एजेन्सीका अधिकारीहरुसँग गोलमेच बैठक समेत गरिएको थियो । ती बैठकमा राष्ट्रपति ट्रम्पले चर्को आलोचना गर्न थालेपछि निल्सन बैठक कक्षबाहिर समेत निस्किएकी थिइन् ।
सीमा क्षेत्रको भ्रमणपछि निल्सन वासिङ्टन फर्किएकी थिइन् भने राष्ट्रपति ट्रम्प क्यालिफोर्निया र नेभादातर्फ चुनावी सभामा सम्बोधन गर्न प्रस्थान गरेका थिए ।
निल्सनका नजिकका व्यक्तिहरुका अनुसार निल्सनले अरु विभागबाट पर्याप्त सहयोग प्राप्त गर्न नसकेको तथा कठिन आप्रवासन मामिलामा ट्रम्पका सहयोगी एवं सल्लाहकारबाट अनावश्यक दबाब दिएको अनुभव गरेकी थिइन् । आइतबार उनी ह्वाइटहाउस पुगेर राजीनामा बुझाएकी थिइन्, तर जानकारहरुका अनुसार यो राजीनामा स्वेच्छिक थियो ।
ट्रम्प प्रशासनमा टिक्न नसकेर राजीनामा गर्ने निल्सन पछिल्लो व्यक्ति हुन् । यो राजीनामासँगै ह्वाइट हाउसका महत्वपूर्ण पदहरु रिक्त भएका छन् । रक्षामन्त्री जीम म्याटिसले राजीनामा दिएपछि कार्यवाहक रक्षामन्त्रीको रुपमा प्याट्रिक शाहनानले जिम्मेवारी पाएका छन् । जोन केलीले गत वर्ष राजीनामा गरेपछि रिक्त भएको ह्वाइट हाउसको महत्वपूर्ण चिफ अफ स्टाफको पदमा माइक मल्भेनीले कार्यवाहक भएर काम गरिरहेका छन् । –एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: