प्रधानमन्त्री र भाजपासँग कुनै एजेण्डा नभएको भनिए पनि प्रमुख विपक्षी कङ्ग्रेस पनि विपक्षीको हैसियतभन्दा कमजोर अवस्थाबाट गुज्रिएको छ । अघिल्लो निर्वाचन पछि केही विधान सभाका निर्वाचनहरुबाट आफूलाई थोरै सुधारेको देखाएको भए पनि कङ्ग्रेसले पनि आसन्न निर्वाचनमा आफैँ या आफ्नो गठबन्धनले निर्वाचन जित्ने र सरकार निर्माण गर्न सक्ने अवस्था अहिले नै देखिँदैन । कङ्ग्रेस र उसको गठबन्धनले जितेमा प्रधानमन्त्री को हो भन्ने बारेमा अहिले नै स्पष्ट बाहिर आउन नसक्नुलाई पनि कङ्ग्रेसको कमजोर अवस्थाकारुपमा हेर्न सकिन्छ ।
पछिल्लो समय सोनिया गान्धीकी छोरी प्रियंका गान्धीको चर्चाले त्यहाँको निर्वाचन अभियानमा केही तताएको छ । त्यस्तै कतिपय चर्चित कलाकारहरु पनि कङ्ग्रेसबाट निर्वाचन उठ्नेमा दर्ज भएका छन् । यसको माहौल पनि त्यत्तिकै छ । तर पनि यत्तिले मात्र कङ्ग्रेसको पक्षमा माहौल बनाउन पूरै रुपमा सघाउँछ भन्न सकिँदैन । सोनियाको आकर्षण देखिए पनि राहुलको विश्वसनीय र परिपक्व चुनावी वातावरण बन्न सकेको देखिन्न । अनि नेतृत्वबाट भाजपाका विरुद्ध राष्ट्रलाई स्पष्ट र भरपर्दो नेतृत्व एवम् एजेण्डा दिनसक्ने जस्तो अहिले नै देखिँदैन । कङ्ग्रेसलाई सधैँ लाग्ने नै गरेका आरोपहरु जस्तो परिवारवादी, पुरातनपन्थी, हिन्दूधर्म विरोधी आरोप अहिले पनि लागेकै छ । जुन कुराहरु अहिले पनि भाजपाका एजेण्डा नै बनेका छन् ।
त्यसैले यी सबै माथिका अवस्था र परिस्थितिहरुको मिहिन विश्लेषण गरी हेर्दा भारतमा अहिलेको सत्ता राजनीतिमा आगामी निर्वाचनले आमूल परिवर्तन ल्याउँछ भन्न सकिँदैन । अहिले जे जस्ता प्रश्न उठेको भए पनि अर्को नेतृत्वमा पनि भाजपाकै सम्भावना बढी देखिन्छ । तर पनि अहिलेको जस्तो स्पष्ट बहुमत नल्याए पनि सरकार निर्माण गर्नसक्ने सामान्य बहुमतमा भाजपाको गठबन्धन नै अगाडि देखिन्छ । जनसंख्या र भूगोलकै हिसाबले विश्वको ठूलो प्रजातन्त्र ठानिने भारतमा हुन लागेको यस आमनिर्वाचनको चासो भारतमा मात्र सीमित हुँदैन, यसको हारजितले सिङ्गो दक्षिण एसियालाई नै कुनै न कुनै रुपमा प्रभाव पार्न खोज्दछ । यसकारण पनि भारतको चुनावी चर्चा बढी नै हुने गर्दछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: