कपिलवस्तु । कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्रमुख उपप्रमुखसहितको छलफलमा उहाँहरुले त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो । प्रदेश राजधानीका लागि रुपन्देही र दाङबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।
नगर प्रमुखहरु शिवराज नगरपालिकाका नेत्रराज अधिकारी, वाणगङ्गाका मङ्गलप्रसाद थारु र बुद्धभूमिका केशवकुमार श्रेष्ठले प्रदेशका भौतिक संरचना बनाउन कपिलवस्तुमा पर्याप्त जग्गा भएको बताउँदै आफूहरु ‘प्रदेश राजधानी’लाई जग्गा दिन आतुर रहेको स्पष्ट पारे । छलफल कार्यक्रममा शिवराजका प्रमुख अधिकारीले चन्द्रौटा वन कार्यलयको पश्चिममा कुनै रुखविरुवा नभएको राजमार्गको उत्तरपट्टिको २५० देखि ३०० बिघा जमीन रहेको र त्यहाँ प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय र विभागसहितका उद्यान आदि बनाउन पर्याप्त हुने बताए।
वाणगङ्गा प्रमुख थारुले मधुवन धाममा रहेको १५० देखि २०० बिघा जग्गा अहिल्यै दिन सकिने स्पष्ट पार्दै वाणगङ्गा नदी उकासको जग्गा अधिग्रहण गर्ने हो भने तीन हजार बिघा बढी जग्गा सहजै उपलब्ध हुनेछ भने । बुद्धभूमिका प्रमुख श्रेष्ठले नेपाल सरकारले बुद्धभूमि नगरपालिकाका लागि बुडढीस्थित राजमार्ग चौराहाको हनुमान चोक आसपासमा उपलब्ध गराएको करीब एक हजार बिघा जमीन प्रदेश राजधानीले लिँदा आफूहरुलाई स्वीकार्य हुने बताए ।
त्यस्तै महाराजगञ्जका प्रमुख अब्दुल कलामले राजधानी राजमार्गमा रहँदा सबैलाई पायक पर्ने भएकाले तीन नगरपालिकाअन्तर्गत जहाँ उपयुक्त हुन्छ त्यहीँ राख्न प्रदेशसभालाई अनुरोध गर्नुभयो । छलफलमा सहभागी कपिलवस्तु नगरपालिकाका कावा प्रमुख लक्ष्मी गुप्ता कसौधनले प्राचीन कपिलवस्तुको तिलौराकोट कपिलवस्तु जिल्लामा नै रहेकाले त्यहीँ नै राजधानी हुनुपर्ने तर्क गर्दै तौलिहवा आसपासमा पर्याप्त जमीनको अभााव रहेकाले राजमार्ग आसपासमा राख्नुपर्ने विचार राखे ।
त्यस्तै वाणगङ्गाका उपप्रमुख चक्रपाणि अर्यालले कपिलवस्तुका सबै स्थानीय तहवाट जे जस्तो स्रोतसाधन आवश्यक हुन्छ त्यो उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । यसरी विभिन्न स्थानीय तहका प्रमुखबाट स्थायी राजधानीका लागि ठूलो परिमाणमा जग्गा उपलब्ध गराइने प्रतिबद्धतासँगै आगामी वैशाख ४ गते बृहत् छलफल आयोजना गर्ने निर्णय भएको राजधानी अभियानका सचिव गीता अञ्जानले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: