काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा (२१४ मिलीमिटर) को ६९.६ प्रतिशत हो ।
हरेक दिन दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा मापन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार विशेषगरी महिनाको शुरूआती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन ।
मौसमविद् डेभिड ढकालका अनुसार यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा ढिला प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहेकाले वर्षामा कमी देखिएको हो । कमजोर मनसुनका कारण कृषि रोपाइँ, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
देशभर मनसुन विस्तार हुनसकेको छैन । मौसमविद् ढकालले पाँच प्रदेशका केही भूभागमा मात्रै विस्तार भएको मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने बताए । विभागले यस मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ ।
विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षाको हुने सम्भावना छ ।
विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...
श्रावण ८ गते, २०८३ - १६:०९
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...
श्रावण ८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...
श्रावण ८ गते, २०८३ - १५:५८
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...
श्रावण ८ गते, २०८३ - १५:५२
दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...
श्रावण ८ गते, २०८३ - १५:०७
काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...



प्रतिकृया लेख्नुहोस्: