काठमाडौँ। सामुदायिक विद्यालयको गुणस्तर सुध्रिएपछि विद्यार्थी भर्नाकै लागि प्रवेश परीक्षा लिने तयारी शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्ण माध्यमिक विद्यालयमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न आउने अभिभावकको चाप बढेपछि प्रवेश परीक्षा लिने तयारी शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदास श्रेष्ठले जानकारी दिए ।
विद्यालयमा शैक्षिक सत्र २०७५ मा ५५५ जना विद्यार्थी अध्ययनरत थिए । यसवर्ष शुरुमै विद्यार्थीको चाप बढी कक्षा कोठा अभाव हुने भएपछि जस्ताको टहरासमेत हाल्ने तयारी भएको छ । जस्ताको टहराले पनि विद्यार्थीको क्षमता धान्न नसक्ने देखिएकाले प्रवेश परीक्षा लिएर छानिएका विद्यार्थी मात्र भर्ना गरिने भएको छ । विद्यालयले न्यूनतम् भर्ना शुल्कमा गुणस्तरीय शिक्षा दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो ।
विद्यालयका प्रधानाध्यापक उमेश बगाले अङ्ग्रेजी माध्यममा गुणस्तरीय शिक्षा दिन थालेपछि वरपरका संस्थागत विद्यालयमा छोराछोरी पढाइरहेका अभिभावक पनि सामुदायिक विद्यालयमा तानिएको बताउनुहुन्छ । विद्यालयले गत वर्षदेखि व्यवस्थापन सङ्कायमा कक्षा ११ पनि शुरु गरेको छ । हाल यहाँ अध्ययनरत विद्यार्थी अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् ।
गत फागुनमा गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका धेरै विधामा गोकर्ण माध्यमिक विद्यालयका विद्यार्थीले पहिलो स्थान हासिल गरेका थिए ।
विद्यालयमा विसं २०६३ देखि अङ्ग्रेजी माध्यममा अध्यापन शुरु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठ आफू विद्यालय तहमा अध्ययन गर्दा विसं २०२० मा राम्रो पढाइ हुने विद्यालयको खोजीमा गोकर्णबाट पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालय धाउनु परेको पीडाले सामुदायिक विद्यालयलाई सुधार गर्ने अभियानमा लागेको सुनाउछन् ।
विद्यालय भवनमा हाल व्यवस्थापनमा स्नातक तहको कक्षा पनि सञ्चालन भइरहेको छ । यसै वर्षदेखि अरु सङ्कायका कक्षा पनि शुरु गरिने तयारी भइरहेको जनाइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: