Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भारतमा दोस्रो चरणको मतदान शुरु

असाम । भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान हुँदैछ ।

आयोगका अनुसार, असाम (५ स्थान), बिहार (५ स्थान), छत्तीसगढ (३), जम्मु र काश्मिर (२), कर्नाटक (१४), महाराष्ट्र (१०), मणिपुर (१), उडिसा (५), तामिलनाडु (३८), उत्तर प्रदेश ८), पश्चिम बंगाल (३) र पोन्डीचरी (१)का ९५ स्थानका लागि चुनाव हुन लागेको हो ।

निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपति रामनाथ कोबिन्दले धाँधलीको आशंकामा तामिलनाडु राज्यको भेल्लोरको मतदान रद्द गरेका थिए । मतदानमा ठूलो मात्रामा रकम बरामद भएपछि आयोगले उक्त निर्वाचन क्षेत्रको मतदान रद्द गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

बिहीबारको चुनावमा कर्नाटकबाट पूर्व प्रधानमन्त्री एवं जनता दलका अध्यक्ष एचडी देवेगौडा चुनावी मैदानमा छन् । त्यस्तै कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिल गौडा पनि पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन्।

जम्मु काश्मिरको श्रीनगर क्षेत्रमा नेसनल कन्फ्रेन्सका नेता फारुक अब्दुल्लाह पनि चुनावी मैदानमा रहेका छन्। चुनावमा सम्भावित हिंसालाई ध्यानमा राखेर सरकारले श्रीनगर र घाँटीका अरु क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।

उत्तर प्रदेशको मथुरामा नायिका हेमा मालिनी भारतीय जनता पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्दै छन्। उनी राष्ट्रिय लोकदलका नरेन्द्र सिंह र कङ्ग्रेसका तर्फबाट स्थानीय उद्योगी महेश पाठक हेमा विरुद्ध चुनाव लड्दै छन्।

तामिलनाडुमै पूर्व अर्थमन्त्री पी चिदम्बरमका छोरा कार्ती चिदम्बरम चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगका अनुसार, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९।४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो ।

सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending