यूक्रेनमा राष्ट्रपति चुनाव लगत्तै गरिएको मत सर्वेक्षणका अनुसार हास्यकलाकार (कमेडियन)वोलोदीमीर जेलेन्स्की भारी मतका साथ राष्ट्रपति पदमा निर्वाचित हुँदै छन्।
चुनाव लगत्तै गरिएको मत सर्वेक्षण अनुसार उनले ७० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन्। तीन हप्ता पहिले भएको पहिलो चरणको मतदानमा उनी सबैभन्दा अग्रस्थानमा थिए।
जेलेन्स्कीले यूक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई चुनौती दिएका थिए।आफ्नो हार स्वीकार गरिसकेका पोरोशेन्कोले राजधानी कियभमा समर्थकहरूलाई सम्बोधन गर्दै राजनीति भने नछोड्ने बताएका छन्।
\'म तपाइँहरूलाई कहिल्यै निराश बनाउने छैन,\' जेलेन्स्कीले समर्थकहरूलाई भने। \'म आधिकारिक रूपमा राष्ट्रपति भइसकेको छैन। तर यूक्रेनको नागरिकको हैसियतले म सोभियत संघ पछि स्थापना भएका सबै राष्ट्रलाई भन्न सक्छु - हामीलाई हेर। सबै कुरा सम्भव छ।\'
पाँच वर्ष पदमा रहने
मत सर्वेक्षणले गरेको सङ्केत सही रहेमा उनी पाँच वर्षका लागी राष्ट्रपति निर्वाचित हुने छन्।यूक्रेनका राष्ट्रपतिको सुरक्षा, रक्षा र वैदेशिक मामिला जस्ता विषयमा निकै ठूलो प्रभाव रहन्छ।
सन् २०१४ देखि राष्ट्रपति रहेका पोरोशेन्कोले करिब २५ प्रतिशत मत प्राप्त गर्ने सम्भावना देखिन्छ।
यूक्रेनमा भएको प्रदर्शन पछि रुसलाई समर्थन गर्ने राष्ट्रपतिले पद छोड्नु परेको थियो। अर्बपति पोरोशेन्को त्यसपछि राष्ट्रपति चुनियका थिए।
चुनावको नतिजाले हामीलाई अनिश्चितता र अप्रत्याशित घटना तर्फ लानेछ,\'चुनावपछि उनले भने।\'\'मैले राष्ट्रपति पद त्याग गरे पनि म द्दढताका साथ भन्न चाहन्छु कि - मैले राजनीति छोड्ने छैन,\' उनले भने।
४१ वर्षीय जेलेन्स्की हास्य नाटक \'सर्वेन्ट अफ द पीपल\' का कारण चर्चित छन्। उक्त नाटकमा उनले भूमिका निभाएको पात्र झुक्किएर यूक्रेनका राष्ट्रपति बन्न पुग्छन्। उक्त नाटककै नाममा रहेको राजनीतिक दलबाट उनी चुनाव लडेका थिए।
राजनीतिमा कुनै किसिमको अनुभव नरहेको जेलेन्सकीको चुनावी अभियान ठोस राजनीतिक मुद्दा भन्दा पनि विपक्षी दलका उम्मेदवार माथि उनको मतभेदमा केन्द्रित थियो।
३० प्रतिशत भन्दा बढी मत प्राप्त गर्दै उनले प्रथम चरणको चुनाव जितेका थिए। दोस्रो स्थानमा रहेका पोरोशेन्कोले १५.९५ मत प्राप्त गरेका थिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: