Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

प्रधानन्यायाधीशलाई यौन दुराचारको आरोप, को हुन् ती महिला ?

भारत । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईलाई त्यहाँको सर्वोच्च अदालतकी एक पूर्वकर्मचारीले यौन उत्पीडनको आरोप लगाएकी छन्।

पैँतीस वर्षीया ती महिलाको उजुरीमा गोगोईले प्रधानन्यायाधीश नियुक्त हुनेबित्तिकै गत अक्टोबरमा उनलाई दुई पटक यौन दुराचार गरेको आरोप लगाइएको छ।

उनले यौन उत्पीडन गरेको र त्यस्तो गर्न नमान्दा परिवारलाई विभिन्न किसिमले सताइएको दाबी गरेकी छन्।

एउटा वक्तव्यमा ६४ वर्षीय गोगोईले उनीमाथि लागेको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै त्यसलाई ूगलत र अपमानजनकू बताएका छन्।

उक्त आरोपलाई उनले \'न्यायपालिकाको स्वतन्त्रतामाथिको गम्भीर खतराूको रूपमा अर्थ्याउँदै \'न्यायपालिकालाई अस्थिर गर्ने ठूलो षड्यन्त्र\' भनेका छन्।

आरोप लगाउने महिला को हुन् ?
आरोप लगाउने महिलाले एउटा उजुरीपत्र सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशहरूलाई पठाएकी छन्।

ती महिला विवाहित हुन्। भारतीय कानुनअनुसार उनको नाम सार्वजनिक गर्न मिल्दैन।

उनले आरोपपत्रमा गत अक्टोबर १० र ११ तारिखमा गोगोईको निवासमा यौन दुराचार भएको उल्लेख गरेकी छन्।

ती महिलाले आरोप लगाएकी छन्, \'उनले मेरो कम्मर समाते र हातले मेरो शरीरभरि सुम्सुम्याए।\' गोगोईले नछाडेपछि आफूले उनलाई धेकेलेर उनको कब्जाबाट छुटेको ती महिलाको आरोप छ।

उनका अनुसार गोगोईले उक्त घटनाबारे नबताउनु र बताए परिवारलाई धेरै दुस्ख दिने धम्की समेत दिएका थिए। ती महिलाले आफूलाई तीन ठाँउमा सरुवा गरिएको र गत डिसेम्बरमा जागिरबाट हटाइएको आरोप लगाएकी छन्।

उनले आफ्ना पति र भाइलाई पनि निलम्बन गरिएको बताएकी छन्।

गत मार्चमा हरियाणाको झज्जर सहरवासी एक जनाले ती महिलाले अदालतमा जागिर लगाइदिने आश्वासन दिएर घुसका रूपमा पैसा लिएको आरोप लगाएर उजुरी गरेका थिए।

उनले उक्त आरोपलाई अस्वीकार गर्दै र गत मार्चमा परिवारका सदस्यसहित प्रहरी चौकीमा उपस्थित हुँदा उनीहरूमाथि दुर्व्यवहार गरिएको बताएकी छन्।

उनले दिएको उजुरीमा भनिएको छ, \'दुर्व्यवहारको उद्गम र उद्देश्यबारे नबोलुन्जेल दुर्व्यवहार, उत्पीडन र यातना रोकिने छनक देखिएन।\'

गोगोई के भन्छन् ?
उक्त प्रकरणमा पहिलो प्रतिक्रिया प्रधानन्यायाधीशका तर्फबाट सर्वोच्च अदालतका महासचिवद्वारा जारी वक्तव्यमार्फत् बाहिर आएको छ।

उक्त वक्तव्यमा भनिएको छ, \'यो पूर्णतस् गलत हो र अपमानजनक छ। यसलाई पूर्णरूपमा अस्वीकार गरिन्छ।\'

उक्त वक्तव्यका अनुसार \'कुनै पनि बेला ती महिलाको प्रधानन्यायाधीशसँग प्रत्यक्ष रूपमा कुराकानी समेत भएको थिएन।\'

उक्त वक्तव्यमा ती महिलाविरुद्ध भ्रष्टाचारको आरोपमा लगाइएको मुद्दाको उल्लेख गर्दै \'कानुनी कारबाहीबाट बच्न गरिएको एउटा दबावमूलक रणनीति\'का रूपमा त्यसलाई अर्थ्याइएको छ।

त्यसमा ती कर्मचारीलाई ूप्रक्रियानुसारू नै उनको \'गलत आचरणूका लागि बर्खास्त गरिएको उल्लेख छ।

शनिवार सर्वोच्च अदालनको विशेष इजलाससमक्ष गोगोईले आफैँले पनि उक्त प्रकरणलाई सम्बोधन गरेका थिए।

उनले भने, \'म यी आरोपहरूको जबाफ दिनका लागि एकदमै अपमानित हुन चाहन्नँ। मैले सर्वोच्च अदालतका सबै कर्मचारीहरूलाई आदरपूर्वक व्यवहार गरेको छु।\'

उनले उक्त प्रकरणको पछाडि \'न्यायालयलाई अस्थिर बनाउने ठूला शक्तिहरू रहेको बताए ।बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending