Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भारतमा तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि तेस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार १४ राज्य र एउटा केन्द्र शासित राज्यमा ११६ स्थानका लागि मङ्गलबार मतदान हुँदैछ ।

आजको चुनावबाट भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धी, धेरै जना भारतीय केन्द्रीय मन्त्रीहरुका साथै युवानेता हार्दिक पटेलको भाग्यको फैसला हुनेछ ।

सन् २०१४ को आमनिर्वाचनमा यी क्षेत्रबाट भारतीय जनता पार्टी र यसको गठबन्धनले ६६ स्थान जितेको थियो भने कङ्ग्रेस र यसको गठबन्धनमा रहेका दलहरुले २७ स्थानमा मात्र विजयी भएका थिए ।

आजको चुनावमा गुजरात ९२६० र केरला ९२०० राज्यका सबै स्थानका लागि चुनाव हुनेछ । यससँगै असमका चार, बिहारका पाँच, छत्तीसगढका ११, कर्नाटक र महाराष्ट्रका १४–१४, उडिसाका छ, उत्तर प्रदेशका १०, पश्चिम बंगालका पाँच, गोवाका दुई, दादरा र नगर हवेली, दामन र डिउ तथा त्रिपुराका १–१ स्थानमा चुनाव हुँदैछ ।

तेस्रो चरणको यस चुनावमा करिब १८ करोड ५६ लाख मतदाता रहेका छन् । भारतीय निर्वाचन आयोगले चुनावका लागि २ लाख १० हजार मतदान केन्द्रको व्यवस्था गरेको छ । यो चुनावसँगै दक्षिणी भारतीय राज्यहरुको चुनाव सम्पन्न हुनेछ ।

उत्तर प्रदेशमा आजको चुनावले समाजवादी पार्टीका नेता एवं पूर्व मुख्यमन्त्री मुलायमसिंह यादव सहित परिवारका चार सदस्यका साथै वरिष्ट पार्टी नेता आजम खान तथा नायिका एवं भाजपा नेतृ जया प्रदाको भाग्यको फैसला गर्नेछ ।

भाजपाले सन् २०१४ को चुनावमा यहाँका १० स्थानमध्ये सात स्थान जितेको थियो भने समाजवादी पार्टीले तीन स्थानमात्र जित्न सफल भएको थियो ।

निर्वाचन आयोगका अनुसार, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९।४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो ।

यस्तै गत अप्रिल १८ मा भएको दोस्रो चरणको निर्वाचनमा ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ९५ स्थानका लागि मतदान भएको थियो ।

सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।एएनआई

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending