Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

अब ऋण खोज्नका लागि बैंक र सहकारी चहार्दै हिँडने दिन अन्त्य भए

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन ।

ऋण लिनका लागि सिफारिस र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला विनाझन्झट ऋण पाइने गरेको छ । गाँउमै गठन गरिएको इटाहा सामुदायिक विपत् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि सहजरूपमा ऋण पाउन थालेका छन् ।

न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध सदस्यले आयआर्जनका कार्यक्रम सञ्चालन गर्न थालेका छन् । समितिमा ६२ वटा नदीको उच्च जोखिममा रहेका परिवार आबद्ध छन् । आबद्ध सदस्यको समितिमा रु पाँच लाख बचत रहेको छ । नदीको बगर संरक्षण गरी समितिमा आबद्ध २७ सदस्यले नौ बिघामा उखुखेती गरेका छन् ।

मल र बीउ खरीदका लागि सबैले समितिबाट रु ३० हजारदेखि ५० हजार आवश्यकताका आधारमा ऋण लिएका छन् । गत वर्ष समितिमा आबद्ध सदस्यले चार बिघा जग्गामा उखुखेती गरी एक हजार ४०० क्विन्टल उखु उत्पादन गरेका थिए । जुन रु पाँच लाख ५५ हजारमा बिक्री भएको थियो । बिक्रीको १० प्रतिशत रकम समितिको आपतकालीन कोषमा जम्मा गरी बाँकी रकम समितिका सदस्यले आम्दानीका रुपमा राखेको समितिमा आवद्ध भङ्गीरानाले बताए ।

खेर गएको बगर संरक्षण गरी प्रतिवर्ष समितिमा आबद्ध सदस्यले उखुखेती गरी रु एक लाखदेखि एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । “दोदा र वनहरा नदीले जग्गा कटान गरी बगाउँदै आएको थियो”, जगतबहादुर रानाले भने, “बालुवानै बालुवाले भरिएको बगरमा घाँस रोपेर संरक्षण ग¥यौँ, त्यसपछि बगरमा नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको सहयोगमा समिति गठन गरी उखु रोपेपछि आम्दानी हुन थालेको छ । आम्दानीसँगै नदीले जग्गा कटान गर्न छाडेपछि सुरक्षित तरिकाले बस्न सकेका छौँ ।”

नदीले जग्गा कटान गरेपछि नौ वर्षअघि विस्थापनमा परेका १७ परिवार बाढीपीडित बगर संरक्षण भई नदीको जोखिम कम भएपछि पुनः पुरानै ठाउँमा फर्केर उखुखेतीमा संलग्न भएका छन् । उखु रोप्ने, हेरचाह गर्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने र मिलमा लगेर बिक्री गर्ने कार्य समितिका सदस्यले पालो मिलाएर गर्दै आएका छन् । जसबाट समय र श्रमको बचत भई सामूहिक कार्य गर्ने बानीले समाजमा मिलेर कार्य गर्ने हौसलासमेत थपिन थालेको स्थानीयवासीको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy