मुलुकी संहिताले बालयौन दुराचारको विषयलाई छुट्टै अपराधको रूपमा राखेयता बालयौन दुराचारमा संलग्न १२९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसमध्ये विदेशी नौजना र स्वदेशी १२० जना छन्। गत वर्षसम्म यस्तो अपराधलाई बलात्कार र बलात्कारको उद्योगका रूपमा लिइने गरिन्थ्यो।
जसका कारण विगतमा यस्ता घटनामा संलग्न कति मानिस कारबाहीको दायरामा आए भन्ने यकिन तथ्याङ्क प्रहरीसँग छैन।
एक वर्षको अवधिमा देशभरि बालबालिलाई यौन दुराचार गररिएका १५७ वटा मुद्दा दर्ता भएका छन्।
सबैभन्दा बढी काठमाण्डौं उपत्यकामा २६ वटा र सबैभन्दा कम कर्णाली प्रदेशमा चारवटा मुद्दा दर्ता भएका छन्।
लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका कार्यक्रम निर्देशक मधु दवाडी काठमाण्डू उपत्यकामा धेरै बालबालिका यौन दुराचारमा पर्नुको मुख्य कारण परिवारले समय नदिनु भएको बताउँछन्।
बालयौन दुराचारका मुद्दा
प्रदेश नं १ २५
प्रदेश नं २ १७
प्रदेश नं ३ ३
गण्डकी प्रदेश १८
प्रदेश नं ५ २५
कर्णाली प्रदेश ४
सुदूरपश्चिम प्रदेश ५
काठमाण्डौं उपत्यकामा मुद्दा चलाइएका प्रतिवादीमा विदेशी नागरिक पनि छन्।
दवाडी भन्छन्, ूअन्य शसरको तुलनामा काठमाण्डूमा धेरै श्रमिक छन्। आर्थिक कारणले बुवाआमा दुवैजना काममा जाने गर्छन्। जसले गर्दा उनीहरूले बालबालिकालाई समय दिन पाउँदैनन् अनि अरूले अलिकति पनि माया देखाउँदा बालबालिका तिनीहरूसँग नजिक हुन्छन्।ू
तेह्र वर्षदेखि १६ वर्ष उमेर समूहका बालिबालिका अरूको कुरा छिट्टै पत्याउने स्वभावका हुने र परिवारले समय नदिने र मनोरञ्जनका अन्य विकल्प नभएका बालबालिकाला छिट्टै अरूको सम्पर्कमा पुग्ने उनको भनाइ छ।
यो यौन दुराचारीहरूका लागि राम्रो अवसर हो।
उनीहरू पर्यटकका रूपमा नेपाल आउने र बालबालिकालाई आर्थिक र पढाउने प्रलोभनमा पार्ने गरेको बताइएको छ।
कतिपयले पहिले नेपाल आएर यस्तो क्रियाकलापमा संलग्न भएका साथीहरूमार्फत् सूचना लिएर आउने र नेपालका रहेका उनीहरूका एजेन्टले बालबालिका खोजी दिने गरेको बयानका क्रममा पाइएको प्रहरीको भनाइ छ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदी भन्छन्, सडक बालबालिका र गरिब परिवारका बालबालिकालाई आफ्नो निसाना बनाउने र उनीहरूलाई प्रलोभन देखाएर यौन दुराचार गर्ने गरिएको पाइएको छ।
आरोप लागेका विदेशहरू फ्रान्स, द नेदरल्यान्ड्स, ब्रिटेन, भारत आदि देशका नागरिक रहेको पाइएको छ।
धेरै परिचित संलग्न
बालयौन दुराचारमा संलग्न नेपाली नागरिकहरूमा अधिकांश बालबालिकाले चिनेकै पुरुषहरू रहेको प्रहरीको भनाइ छ।
प्रवक्ता सुवेदीले भने, बालयौन दुराचारका घटनालाई विश्लेषण गर्दा धेरैजसो घटनामा आफन्त, नातागोता, माथिल्लो कक्षाका साथी नै संलग्न रहेको देखिन्छ भने केही घटनामा अपरिचित व्यक्तिले पनि केही दिनमा नजिक भएर प्रलोभन देखाएर यस्ता कुकृत्य गरेको पाइएको छ।
विभिन्न सङ्घ संस्थासँग मिलेर प्रहरीले चेतनामूलक सामग्री बनाएर वितरण गर्ने गरेको र पर्यटकीय क्षेत्र तथा उनीहरू बस्ने क्षेत्रमा निगरानी बढाइएको प्रहरीको भनाइ छ।
तर अभिभावकहरूले आफ्ना बालबालिका कोसँग हिँडिरहेका छन्, के गर्दैछन् भन्नेबारे निगरानी बढाउनु आवश्यक रहेको बालबालिकाको क्षेत्रमा काम गरेका अधिकारकर्मीहरू बताउँछन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: