भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपमा सफाइ पाएका छन्। न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले आरोपहरूमा कुनै सत्यता नभएको ठहर गरेको हो।
प्रधानन्यायाधीश गोगोईले यसअघि आरोपहरू झूटो भएको बताउँदै आएका थिए। उनीमाथि सर्वोच्च अदालतकी एक पूर्व कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप एप्रिल १९ तारिखमा लगाएकी थिइन्।
छानबिन समितिमा महिला
त्यसपछि अदालतको फुलकोर्टले प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश शरद अरविन्द बोबडेको संयोजकत्वमा तीन न्यायाधीश सम्मिलित छानबिन समिति बनाएको थियो।
शुरूमा समितिमा बोबडेपछिका वरिष्ठ न्यायाधीश एनभी रामना र महिला न्यायाधीश इन्दिरा बनर्जी सदस्य थिए।
तर ती महिलाले न्यायाधीश रामना प्रधानन्यायाधीशसँग निकट रहेको र पारिवारिक सदस्य जस्तै भएको आरोप लगाएपछि रामनाले समितिबाट आफूलाई अलग्याएका थिए।
त्यसपछि समितिमा अर्की महिला न्यायाधीश इन्दु मल्होत्रा सहभागी भइन्।
महिला र प्रधानन्यायाधीशको बयान
आरोप लगाउने महिलाले प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, \'मलाई जे कुराको डर थियो त्यही भयो। देशको सर्वोच्च न्यायालयबाट न्याय हुने मेरा आशाहरू चकनाचुर भएका छन्।\'
समितिसमक्ष दुई पटक बयान दिएकी उनी छानबिनको निष्पक्षतामा प्रश्न उठाउँदै तेस्रो पटक भने बयान दिन गइनन्।
समितिमा आफूसँगै वकिललाई लग्ने अनुमति नदिइएको तथा वकिल र सहयोगी बिना न्यायाधीश सामू आफू हताश हुने उनको भनाइ थियो। त्यसपछि उनले समितिबाट न्याय पाउने आशा नभएको टिप्पणी गरेकी थिइन्।
तै पनि छानबिन चलिरह्यो। र, प्रधानन्यायाधीश गोगोईले समिति समक्ष उपस्थित भएर आफ्ना भनाइ राखेका थिए।
भारतका प्रधानन्यायाधीश गोगोईलाई यौन दुराचारको आरोप
भारतका प्रधानन्यायाधीश यौन दुर्व्यवहारको आरोपमा छानबिन समिति समक्ष उपस्थित भएको यो पहिलो पटक थियो।
प्रधानन्यायाधीशलाई सफाइ दिइएको प्रतिवेदनको एक प्रति उनलाई पनि दिइएको छ।तर त्यो सार्वजनिक नगरिने बताइएको छ।
सर्वोच्च अदालतकी वकिल इन्दिरा जयसिंले ुसार्वजनिक हितको निम्तिु प्रतिवेदन सार्वजनिक गर्न अदालतसँग माग गरेकी छन्।
आरोप के थिए ?
महिलाले गोगोईले प्रधानन्यायाधीशको सपथ लिएको महिना अक्टोबरमा दुर्व्यवहारका दुईवटा घटना भएको आरोप लगाएकी थिइन्।
उनका अनुसार प्रधानन्यायाधीशले अक्टोबर १० र ११ तारिखमा उनीमाथि दुर्व्यवहार गरेका थिए।
भारतमा अब व्यभिचार अपराध नमानिने
उनले आफूले धकेलेर नपन्छाउँदासम्म प्रधानन्यायाधीशले कम्मर समाएर आफ्नो पूरै शरिर सुम्सुम्याएको आरोप न्यायाधीशहरूलाई पठाएको पत्रमा उल्लेख गरेकी थिइन्।
प्रधानन्यायाधीशको प्रस्ताव अस्वीकार गरेपछि आफ्नो परिवारलाई सताइएको बताउँदै ती महिलाले डिसेम्बरमा जागिरबाट निकालिनुअघि आफ्नो तीन पटक सरूवा गरिएको जनाएकी छन्।
जे भयो त्यो कुरा कसैलाई भनेमा परिवारले निकै हैरानी बेहोर्नु पर्ने चेतावनी प्रधानन्यायाधीशले आफूलाई दिएको पनि उनले उल्लेख गरेकी छन्।
प्रधानन्यायाधीशको अडान
प्रधानन्यायाधीशले आरोपहरू अस्वीकार गर्दै आएका छन्। प्रधानन्यायाधीशको तर्फबाट सर्वोच्च अदालतका महासचिवले जारी गरेको विज्ञप्तिमा आरोप लगाउने व्यक्तिको कहिल्यै प्रधानन्यायाधीशसँग सोझै कुराकानी हुने परिस्थिति नै नभएको उल्लेख छ।
अनुचित व्यवहारुको एउटा घटनापछि प्रक्रियासंगत ढङ्गले उनी बर्खास्त भएको विज्ञप्तिमा जनाइएको छ।
पछि प्रधानन्यायाधीश गोगोईले आरोपहरूका पछाडि न्यायपालिकालाई अस्थिर बनाउने प्रयास गरिरहेका ठूला शक्तिहरू रहेको धारणा सर्वोच्च अदालतका न्यायाधीशहरू समक्ष राखेका थिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: