अपाङ्गताको परिचयपत्र पाएका विद्यार्थीहरुले त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा उच्च शिक्षा निःशुल्क पढ्न र निःशुल्क प्रमाणपत्र प्राप्त गर्न सक्ने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयका अनुसार अब त्रिविमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीले ट्रान्सक्रिप्टसम्मका प्रमाणपत्रहरु समेत निःशुल्क पाउनेछन् । त्रिविबाट सम्बन्धनप्राप्त केन्द्रीय बहिरा क्याम्पस, नक्सालले अपाङ्गता भएका विद्यार्थीहरुलाई निःशुल्क परीक्षाको व्यवस्था मिलाइदिन अनुरोध गरेकामा यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्को गत वैशाख ५ गतेको बैठकबाट त्रिवि अन्तर्गतका सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययनका लागि भर्ना हुँदा अपाङ्गता भएको आधिकारिक रुपमा प्रमाण पेश गरेमा तिनीहरुलाई क्याम्पसले निःशुल्क भर्ना गर्नुपर्छ । त्यसपछि अपाङ्ग विद्यार्थीहरुलाई निःशुल्क रुपमा सबै प्रकारका प्रमाणपत्र उपलब्ध गराउन परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिने निर्णय भएको हो ।
यसअघि त्रिवि कार्यकारी परिषद्को २०७१ फागुन ६ गतेको निर्णयानुसार त्रिविका आङ्गिक क्याम्पसहरुका शैक्षिक कार्यक्रमहरुमा नियमानुसार भर्ना हुन योग्यता पुगेका सबै प्रकारका अपाङ्गता भएका विद्यार्थीले आधिकारिक कागजात पेश गरेमा निःशुल्क भर्ना गर्ने र भर्ना भएपछि मासिक शुल्क, परीक्षा शुल्क, लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) लगायत सबै प्रकारका शुल्क निःशुल्क गर्ने निर्णय गरेपछि यो कार्यान्वयनमा आएको हो ।
उक्त निर्णय कार्यान्वयनका लागि त्रिविले आफ्ना आङ्गिक क्याम्पस, केन्द्रीय विभाग, केन्द्रको सबै तहको सेमेस्टर प्रणाली समेतको नियमित शैक्षिक कार्यक्रममा कार्यान्वयन गर्न गराउन त्रिविका सम्पूर्ण आङ्गिक क्याम्पस, केन्द्रीय विभाग, केन्द्रलाई निर्देशन दिने भनी निर्णय गरेको थियो । अब उप्रान्त त्रिविका ६१ आङ्गिक र एक हजार ६१ सम्बन्धन प्राप्त गरी कूल एक हजार १२२ क्याम्पसहरुले अपाङ्गता भएका विद्यार्थीहरुलाई यो सुविधा उपलब्ध गराउनुपर्नेछ ।
नेपालको संविधान २०७२ को धारा ३१ मा मौलिक हकअन्तर्गत शिक्षासम्बन्धी हक रहेको छ । सो धाराको उपधारा ९३० मा अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानूनबमोजिम निःशुल्क शिक्षा पाउने हक हुने व्यवस्थाको ग्यारेण्टी गरेको छ भने उपदफा ९४० मा “दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानूनबमोजिम निःशुल्क शिक्षा पाउने हक हुने” व्यवस्थाको ग्यारेण्टी गरेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: