Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

कहिलेकाहीं तपाईंको पिठ्युँ फर्फराउँछ? थाहा पाउनुहोस् यस्तो नराम्रो संकेत दिन्छ

नेपालमा थुप्रै रितीरिवाज, चालचलन र संस्कृती छन् । हाम्रोमा विद्यमान कुनै मान्यतालाई मान्छौं त कसैलाई स्विकार गर्दैनौं । यस्तैमा आँखा फर्फराउने विषयलाई पनि नेपाली समूदायले विशेष महत्व दिएको हुन्छ । हाम्रो शरिर निकै संवेदनशील हुने गर्दछ । यसै कारण हाम्रो शरिरले भविष्यमा हुने घटनालाई पनि पहिले नै आशंकाको रुपमा व्यक्त गर्ने गर्दछ । भविष्यको घटनालाई अवगत गराउनका लागि हाम्रो शरिरको विभिन्न अंग फर्फराउने गर्दछ । अंग फर्फराउनु हामीलाई शुभ र अशुभ कुराको अवगत गराउनु हो ।

हाम्रो शरिरको कुनै पनि भाग फर्फराउनुको कुनै न कुनै महत्व राख्ने गर्दछ । महिला र पुरुषको अंग फर्फराउनुको अर्थ भिन्न भिन्न हुने गर्दछ । आउनुहोस्, यस बारे विस्तृत जानकारी लिऔं ।

– यदि महिलाको दायाँ आँखा फर्फराएमा शुभ समाचार सुन्न पाइन्छ भने पुरुषहरुको बायाँ आँखा फर्फराउनु राम्रो मानिन्छ । महिलाको बायाँ आँखा फर्फराउनुको अर्थ उनको परिवारमा कुनै सदस्य बिरामी हुनु हो ।

– बायाँ आँखाको माथिल्लो भागा फर्फराउँछ भने तपाईंको दुश्मनसँग अझ दुश्मनी बढ्न सक्छ । आँखाको तल्लो भाग फर्फराउँछ भने बेकारमा कुनै कुरामा तपाईंको बहस हुनेछ र तपाईं अपमानित हुनुपर्नेछ ।

– बायाँ आँखाको नाकको तर्फको कुना फर्फराउँछ भने यसको संकेत शुभ हुने गर्दछ । पत्र प्राप्तिको सूचना पाइने गरिन्छ अथवा कुनै प्रिय व्यक्तिसँग तपाईंको भेट हुनसक्छ ।

– यदि कुनै महिला वा पुरुषको दुबै आँखा एकैपटक फर्फराउँछ भने यसको फल दुबैमा एकै प्रकारको हुने गर्दछ । कुनै छुटिएका राम्रा साथीहरुसँग भेट हुन सक्छ ।

– दायाँ आँखा पछाडि भागबाट फर्फराउँछ भने यसको फल अशुभ हुने गर्दछ । बायाँ आँखा माथिल्लो तर्फ फर्फराउँछ भने यसको फल शुभ हुन्छ । महिलाको बायाँ आँखा फर्फराउँछ भने यसले पनि शुभ फलको संकेत गर्दछ ।

– यदि दुबै गाला फर्फराउँछ भने तपाईंलाई अतुल धन प्राप्त हुनसक्छ । यदि ओठ फर्फराउँछ भने तपाईंको कुनै हितैषीको आगमन हुने गर्दछ । मुख फर्फराउनुको अर्थ तपाईंको छोराको तर्फबाट शुभ समाचारको सूचक हुने गर्दछ । यदि लगातार दाहिने आँखाको माथिल्लो भाग फर्फराउँछ भने शारिरिक कष्ट हुनसक्छ ।

– यदि दायाँ हत्केला फर्फराउँछ भने तपाईंलाई पैसा र मानसम्मान मिल्ने गर्दछ भने बायाँ हत्केला फर्फराउँछ भने पैसाको हानी नोक्सानी हुने गर्दछ ।

– ओठ फर्फराउँछ भने कुनै प्रिय कुरा पाउने संकेत हो । यदि ओठको माथिल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रु नाश हुने गर्दछ । ओठको तल्लो भाग फर्फराउाछ भने कुनै प्रिय साथीसँग तपाईंको भेटघाट हुने गर्दछ ।

– यदि तपाईंको दायाँ घुँडा फर्फराउँछ भने सुन प्राप्ति हुनसक्छ । दायाँ घुँडाको तल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रुमाथि विजय प्राप्ति हुने गर्दछ । यस्तै, बायाँ घुँडा फर्फराउँछ भने तपाईंको रोकिएको काम पूरा हुनेछ ।

– यदि तपाईंको दायाँ काँध फर्फराउँछ भने तपाईंको छुट्टिएको भाइ भेटिने संकेत हुनसक्छ र यदि बायाँ काँध फर्फराउँछ भने रक्त विकार अथवा बाथ सम्बन्धि रोग हुनसक्छ । यदि दुबै काँध फर्फराउँछ भने तपाईंको कुनै व्यक्तिसँग झगडा हुनसक्छ ।

– यदि तपाईंको जुंगा फर्फराइरहेको छ भने तपाईंको लागि यो शुभ संकेत हो । यसले समृद्धि आउने गर्दछ । यदि तपाईंको जुंगाको बायाँ हिस्सा मात्र फर्फराइरहेको छ भने तपाईंको कुनै व्यक्तिसँग बहस हुने सम्भावना रहेको हुन्छ ।

– यदि तपाईंको दाहिने कनपट्टी फर्फराइरहेको छ भने तपाईं जुन कामको लागि जाँदै हुनुहुन्छ त्यसमा तपाईंले सफलता पाउनुहुन्छ र यदि बायाँ कनपट्टी फर्फराइरहेको छ भने तपाईंले आफूले चाहेको वस्तु पाउनुहुन्छ ।

– यदि तपाईंको दायाँ कान फर्फराएमा तपाईंले शुभ समाचार पाउन सक्नुहुन्छ । बायाँ कान फर्फराएमा प्रतिष्ठित व्यक्तिसँग तपाईंको भेटघाट हुने सम्भावना रहेको हुन्छ ।

– यदि तपाईंको पूरै टाउको फर्फराइरहेको छ भने तपाईंले यो सबैभन्दा राम्रो शुभ स्थिती हो । यस्तो अवस्थामा तपाईंले अरुको धन पाउन सक्नुहुन्छ, कुनै मुद्दामा जित हाँसिल गर्नुहुन्छ, राजसम्मान पाउन सक्नुहुन्छ अथवा भूमी प्राप्त गर्नसक्नुहुन्छ ।

– यदि तपाईंको दायाँ आँखीभौं फर्फराए तपाईंको मनोकामना पूरा हुनेछ । बायाँ आँखीभौं फर्फराए शुभ समाचार पाउनुहुन्छ । दायाँ आँखाको माथिल्लो तर्फको भाग फर्फराउँछ भने तपाईंले पैसा र कीर्ति पाउनुहुन्छ अथवा जागिरमा पदोन्नती हुनसक्छ तर तल्लो भाग फर्फराए केही अशुभ हुने सम्भावना व्यक्त गर्दछ ।

– यदि तपाईंको कुर्कुच्चा फर्फराउँछ भने यो आर्थिक लाभको शुभ संकेत हो । दायाँ कुर्कच्चा फर्फराउँछ भने यसले बिरामी भएको सूचना दिइरहेको छ । बायाँ कुर्कच्चा फर्फराइरहेको छ भने तपाईंले कुनै अपराधका कारण जेल जानुपर्ने हुन्छ ।

– यदि तपाईंको पिठ्युँ फर्फराए कुनै विपदमा फस्ने सम्भावना हुने गर्दछ । पिठ्युँको दाहिने तर्फ फर्फराए तपाईंलाई आँखाको रोग हुनसक्छ । छाती फर्फराए मित्रको मिलनको सूचनक हो । छातीको माथिल्लो भाग फर्फराए झगडा हुने सम्भावना हुन्छ । नितम्ब फर्फराए प्रसिद्धि अथवा सुखको सूचक हो ।

– यदि तपार्ईंको पेट फर्फराउँछ भने यो अन्नको समृद्धिको सूचना दिने गर्दछ । यदि पेटको दायाँ हिस्सा फर्फराइरहेको छ भने घरमा धनको वृद्धि हुनेछ भने सुख र खुसी बढ्ने गर्दछ ।

– यदि तपाईंको बायाँ भाग फर्फराउँछ भने धन समृद्धि ढिलो रुपमा बढ्ने गर्दछ र यो शुभ संकेत होइन ।

– यदि तपाईंको माथिल्लो भाग फर्फराउँछ भने यो अशुभ हुने गर्दछ । तर पेटको तल्लो भाग फर्फराउँछ भने स्वादिष्ट भोजनको सम्भावना हुने गर्दछ ।

– यदि पिठ्युँ दायाँ तर्फ फर्फराइरहेको छ भने धन धान्यको वृद्धि हुनसक्छ तर पिठ्युँको बायाँ भाग फर्फराउनु ठिक होइन । यस्तो भए, मुद्दा मामलामा हार र कोहीसँग झगडा हुने गर्दछ ।

– यदि बायाँ पिठ्युँ बिस्तारै फर्फराइरहेको छ भने परिवारमा छोरीको जन्म हुने सम्भावना हुनसक्छ र यदि तेज रुपमा फर्फराइएको छ भने समयभन्दा पहिले नै प्रसव हुनसक्छ ।

– यदि पिठ्युँको माथिल्लो भाग फर्फराइरहेको छ भने धन प्राप्ति हुन सक्छ र तल्लो भाग फर्फराइरहेको छ भने धेरै मानिसबाट प्रशंसा पाइने सम्भावना हुन्छ । हिन्दु राष्ट्र नेपालबाट

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy