Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

किन कोरियाली महिलाहरुलाइ चिनमा यौन व्यवसाय गर्न बाध्य पारिन्छ ?

एजेन्सी । लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ।

लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक समूहका अनुसार उत्तर कोरियालीहरूलाई अपहरण गरिन्थ्यो र यौनकर्मीका रूपमा बेचिन्थ्यो वा चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिन्थ्यो।

आफ्नो प्रतिवेदन पीडितहरूबाट सङ्कलन गरिएका विवरणमा आधारित भएको बताउने समूहले उक्त बेचबिखनको कारोबार आपराधिक संगठनहरूका लागि वार्षिक दश करोड डलर बराबरको रहेको बताएको छ।

उसका अनुसार अधिकांश मामिलामा ती महिला फस्ने गर्थे किनकि भेट्टाउनासाथ चीनले उत्तर कोरियालीलाई स्वदेश फर्काइदिने गर्छ जहाँ उनीहरू यातना खेप्न बाध्य हुन्छन्।

\'पीडितहरूलाई जम्मा ३० युआन वा करिब सवा चार डलर मा यौन व्यवसायमा लगाइन्छ भने जम्मा एक हजार युआनमा पत्नी बनाएर बेचिन्छ। उनीहरूलाई विश्वव्यापी अनलाइन दर्शकका निम्ति साइबर यौन सञ्चालकहरू कहाँ पुर्‍याइन्छ, \'प्रतिवेदनका लेखक युन हि-सुनले भने।

ती महिला तथा बालिकाहरू सामान्यतयास् १२ र २९ वर्ष बीचको उमेरका हुने गर्छन् भने कतिपय अझ साना।

उनीहरूलाई ललाईफकाई गरिन्छ वा बाध्य पारेर बेचिन्छ। उनीहरूलाई चीनमै अपहरण गरिन्छ वा उत्तर कोरियाबाटै बेचबिखनकर्ताहरूले ल्याउँछन्।

प्रतिवेदनका अनुसार आफ्नो देश छाडेको वर्षदिनभित्र तिनलाई कुनै न कुनै किसिमको यौन दासीको रूपमा काम गर्न बाध्य पारिन्छ। कतिपयलाई एकपटक भन्दा धेरै पटक बेचिन्छ।

धेरै आप्रवासी कामदारको सङ्ख्या भएको चीनको उत्तर-पूर्वी क्षेत्रमा रहेका वेश्यावृत्ति गराइने ठाउँहरूमा अधिकांशलाई दासको रपमा राखिन्छ।

साइबर यौन उद्योगका लागि ती महिला तथा ९ वर्ष उमेर सम्मका बालिकालाई वेब क्यामेराको सामुन्ने यौन कार्य गर्न बाध्य पारिन्थ्यो। ती दृश्यका ग्राहक खासगरि दक्षिण कोरियाली हुने गरेको ठानिन्छ।

बिहे गर्न बाध्य पारिएका महिलाहरूलाई खास गरेर ग्रामीण भेगमा बेचिन्छ जहाँ तिनलाई तिनका पतिले बलात्कार तथा दुर्व्यवहार गर्छन्।

उक्त समूहले चीनमा रहेका पीडित तथा दक्षिण कोरियामा पुगेका पीडितहरूबाट यी जानकारी सङ्कलन गरेको बताएको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending