काठमाडौं । गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने भएकोले निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाई गरिएको समाचार छ ।
राजधानी जाकर्तामा बिहीबार दशौँ हजारको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बिहीबार बिहानैदेखि सुरक्षामा कडाई गरिएका समाचारहरु आइरहेका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
गत मङ्गलबार इन्डोनेसियामा राष्ट्रपतिको निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रदर्शनकारीबीच कैयौँ झडपहरु भएका थिए ।
विशेषगरी राजधानी जाकर्तामा भएको झडपमा परी छ जना व्यक्तिको मृत्यु हुनुको साथै दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै राष्ट्रपतिमा विजयी जोको बिडोडोको विरोध भएको छ । यहाँका विपक्षीहरुले निर्वाचनमा धाँधली भएको भन्दै सडक प्रदर्शन थालेका हुन् । प्रदर्शनका क्रममा मारिएका ती व्यक्तिहरुमा उच्च माध्यमिक विद्यालयका एक १७ वर्षीय छात्र पनि परेका छन् ।
मङ्गलबारबाट हिंसा शुरु भएको थियो । निर्वाचनजन्य हिंसामा परी बुधबार बिहान ९ बजेसम्म छ व्यक्तिको मृत्यु हुनुको साथै करिब दुई सयभन्दा बढी घाइते भएका मध्य जाकर्तामा रहेको एक अस्पताल स्रोतले जानकारी दिएको समाचारमा उल्लेख छ ।
मङ्गलबार रातिबाट शुरु भएको यो झडप पाँच घण्टासम्म जारी रहेको थियो । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको बिडोडो मङ्गलबार पुनःराष्ट्रपति पदमा निर्वाचित भएका थिए।
जाकर्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासितरुपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोका निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकले निर्वाचनमा धाँधली भएको दाबी गर्न थालेका थिए ।
सत्तासिन राष्ट्रपति विडोडोले ५५।५ प्रतिशत मत प्राप्तगरी पुनःराष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएपछि उनको विरोधमा प्रर्दशनकारीले प्रर्दशन शुरु गरेका थिए ।
निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोले ४४।५ प्रतिशत मत प्राप्त गरेका थिए । उनले निर्वाचन स्वच्छ र स्वस्थ रुपमा हुन नसकेको आरोप लगाएका छन् ।
निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनःराष्ट्रपतिमा विजयी भएको घोषणा गरेको थियो ।
इण्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ । सन् २०१४ मा पनि विडोडोले ५३।१५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६।८६ प्रतिशत प्राप्त गरेका थिए ।
निर्वाचनको परिणाम बाहिरीएपछि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मान्नुभएको छैन । उनले पाँच ओटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिनुभएको छ ।
यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ । तर राष्ट्रपति बिडोडोको दलले भने निर्वाचनमा धाँधली भएको भन्ने समाचारको खण्डन गरेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: